default_image

8 years ago

August 26, 2017

नेपाल र डेनिस क्लबबीच मैत्रीपूर्ण भलिबल आज

121 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोली र डेनमार्कको भिडओभ्र क्लबसँग आज मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र डेनमार्कबीच सम्बन्ध स्थापनाको ५० बर्ष पुरा उपलक्ष्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र नेपाल भलिबल संघको संयोजनमा मैत्रीपूर्ण खेल हुन लागेको हो ।

volleyball-male

नेपाली राष्ट्रिय भलिबल टोली टोली । फाइल तस्बिर

भलिबललाई जेठमा सरकारले राष्ट्रिय खेल घोषणा गरेको थियो । त्यसकै आसपासमा नेपाली टोलीले डेनमार्क पुगेर यहि टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यति बेला नेपाल पाँच सेटमा पुगेर पराजित भएको थियो । केही महिना अघि मात्र पहिलो अन्तर्राष्ट्रिय पदक जित्नु र सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएसँगै भलिबल थप लोकप्रिय गर्दै गएको मानिएको छ ।

मैत्रीपूर्ण खेल नेपाली सेनाको लगनखेलस्थित कभर्ड हलमा दिनको दिउँसो १ः३० बजे सुरु हुने संघले जनाएको छ । आउने साता नेपाली टोलीले बंगलादेशको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । दुई खेल भदौको १३ र १४ गते सोही कभर्ड हलमा हुने संघले जनाएको छ । झन्डै एक महिना डेनिस प्रशिक्षक म्यान भान विजलले प्रशिक्षण दिएयता नेपाली टोली पहिलो पटक मैत्रीपूर्ण खेलमा उत्रदैछ । डेनिस प्रशिक्षक विजल भने केही दिनअघि स्वदेश फर्किसकेका छन् ।

राष्ट्रिय टोलीका प्रशिक्षक जगदिश भट्टले आजको खेलमा जितको आशा राखेका छन् । ‘यो टोलीसँग हाम्रो त्यति बेला निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । पाँच सेटमा पुगेर हामी हारेका थियौं । त्यो टोलीमा भन्दा दुई तीन खेलाडी परिवर्तन भएको भन्ने जानकारी भएको छ’ उनले भने, ‘हामीले त्यति बेला भन्दा अहिले राम्रो तयारी गर्ने समय पाएका छौं । डेनिस प्रशिक्षक आएपछि हाम्रो प्रदर्शनमा थप सुधार भएको छ । आज जितको आशा गरेका छौं ।’

अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको झन्डै ४ दशक पछि नेपालले गत चैतमा इम रानाको कप्तानीमा तेस्रो एसियन सेन्ट्रल जोन सिनियर मेन्स च्याम्पियनसिपमा कास्य पदक जितेको थियो । त्यो नेपाली पुरुष टोलीको पहिलो अन्तर्राष्ट्रिय पदक हो ।

 

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

भोजपुरमा बासिखोरा रन हुने

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा बासिखोरा रन २०८१ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा महिला/पुरुष खुला, यु १८, यु १३ र ४० वर्षमाथिको विधा समावेश गरिएको छ । महिला/पुरुष खुला, यु १८ र ४० वर्षमाथिको समूहमा […]

Success

Thank you for your time.