8 years ago
August 24, 2017
पोखरा (हाम्रो खेलकुद)– फाइनल पुग्ने दुवै टोलीका प्रशिक्षकले छैटौं संस्करणको रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जित्ने दाबी गरेका छन् । यद्दपी फाइनल सहज नहुनेमा दुवै प्रशिक्षक सचेत छन् । लामाचौरमा हुने आज हुने फाइनलमा शिवम न्यू डाइमण्ड र विभागिय टोली नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
न्यू डायमण्ड प्रतियोगिताको सर्वाधिक सफल टोली हो भने एपिएफ दोस्रो सफल टोली हो । पहिलो संस्करणको उपाधि जितेको एपिएफ त्यसयता उपविजेता रहँदै आएको छ । न्यू डायमण्ड भने पछिल्लो पाँच संस्करणको विजेता हो । चार पटक च्याम्पियन बन्दा न्यू डायमण्डले एपिएफलाई नै शिकार बनाएको थियो । फेरी एक पटक न्यू डामण्ड उपाधि रक्षाको बाटोमा आइपुगेको छ भने एपिएफले यसअघिको हारको बदला लिने अवसर पाएको छ ।
यसपटक एपिएफले अर्को विभागिय टोली नेपाल पुलिसलाई २५–१०, २५–२१ र २५–२० ले तथा न्यू डायमण्डले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई २५–१६, २५–१९ र २५–१७ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए । एपिएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले पोखरामा न्यू डायमण्डको जिन्क तोड्ने दाबी गरेका छन् ।
सेमिफाइनलमा पुलिससँगको खेलको कमजोरी गर्दै सुधार गर्दै उपाधि जित्ने उनले बताए । ‘फाइनल प्रतिस्पर्धात्मक हुनेछ । पोखरामा यही प्रतियोगितामा डायमण्डसँग लगातार चारपटक फाइनलमा पराजित भैसकेका छौं । जित्ने सबैको चाहना हुन्छ ,’ प्रशिक्षक विष्टले भने, ‘डायमण्ड डिफेन्स र स्पाइकमा राम्रो टिम हो । रिसिभ र ब्लकमा डायमण्डलाई रोक्न सके उपाधिका जित्न सकिन्छ ।’
न्यू डायमण्ड र एपिएफबीच यो बर्षको दोस्रो उपाधि भिडन्त हो । बैशाखमा भएको शेरबहादुर खड्का स्मृति महिला राष्ट्रिय भलिबल प्रतियोगितामा यी दुई भिड्दा एपिएफले बाजी मारेको थियो । न्यू डायमण्डका प्रशिक्षक कुमार राईले पनि उपाधि जित्ने दाबी गरे ।
‘हामी लगातारको च्याम्पियन हौं । एपिएफ जस्तो बलियो टिमसँग खेल्दा उपाधि रक्षा गर्न पक्कै पनि चुनौती हुनेछ ,’ प्रशिक्षक राईले भने, ‘टिममा ब्लक पक्ष कमजोर रहेपनि डिफेन्स र स्पाइकिङ हाम्रो मुख्य हतियार हुनेछ । डिफेन्सिभ खेल्दै स्पाइकिङलाई सदुपयोग गर्दै खेल आफ्नो पक्षमा पार्ने हाम्रो योजना हुनेछ ।’
नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो हुनेले २० हजार र चौथो हुने टोलीले १५ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट खेलाडी, क्विकर, लिव्रो, स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]