default_image

8 years ago

August 22, 2017

खेल्नुअघि नै शिवम् न्यू डायमण्ड र पुलिस सेमिफाइनलमा

120 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– खेल्नुअघि नै चार पटकको च्याम्पियन काठमाडौंको शिवम् न्यू डायमण्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लब पोखराको लामाचौरमा मंगलबार सुरु भएको रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका थिए ।

समूहमा यी दुई टोली रहेकाले उद्घाटन खेल मात्र समूह ‘ए’ को विजेताको छिनोफानोका लागि मात्र थियो । जसमा न्यू डायमण्डले पुलिसमाथि ३–० को सहज जित निकाल्यो । पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको डायमण्डले त्यसपछिको दुई सेट लगातार २५–१९ र २५–१७ ले जित्यो ।

विजयी टोलीकी मुख्य स्पाइकर प्रतिभा मालीले उत्कृष्ट खेल प्रदर्शन गरेकी थिइन् । प्रशिक्षक कुमार राईले टोलीको प्रदर्शन सन्तोषजनक नरहेको बताए । ‘पहिलो खेल सधै गाह्रो हुने गर्दछ । आज पुलिसविरुद्धको खेलमा दोस्रो र तेस्रो सेटमा त्यस्तै देखियो,’ प्रशिक्षक राईले भने, ‘दोस्रो सेटमा तालमेल बिग्रदा तेस्रो सेटमा दुई खेलाडी परिवर्तन गरे । त्यसमा पनि सोचेजस्तो हुन सकेन । आशा छ बुधबारको सेमिफाइनलमा त्यस्तो नहोला ।’

प्रशिक्षक राईले उपाधि रक्षा टोलीको लक्ष्य रहेको सुनाए । ‘भोलि घरेलु टोली पश्चिमाञ्चलसँग खेल हुदैछ ’ उनले थपे, ‘दर्शक बाडिएपनि हामी पुलिसलाई भन्दा पश्चिमाञ्चललाई सहजै पराजित गर्नमा सक्षम छौ ।’

पुलिसका प्रशिक्षक रुपेश खड्काले नयाँ र पुराना खेलाडीहरुको तालमेल मिल्न नसक्दा खेल सोचेजस्तो नभएको बताए । ‘हाम्रो टिम सेट हुन बाँकी नै छ । सेमिफाइनलमा एपिएफ वा पश्चिमाञ्चल जो आएपनि खेल्न तयार छौं,’ खड्काले भने,‘खेलाडीहरुले नामै काफी भने जस्तै डायमण्डसँग जित्नैपर्ने प्रेसरमा खेल्दा झनै खेल बिग्रियो ।’

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

भोजपुरमा बासिखोरा रन हुने

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा बासिखोरा रन २०८१ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा महिला/पुरुष खुला, यु १८, यु १३ र ४० वर्षमाथिको विधा समावेश गरिएको छ । महिला/पुरुष खुला, यु १८ र ४० वर्षमाथिको समूहमा […]

March 17, 2025

प्लानिङ ब्वाइजको लगातार जित

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा च्यासल युथ क्लबलाई ४-० को हार चखाउँदै प्लानिङ ब्वाइज क्लबले लगातार दोस्रो जित हात पारेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । दोस्रो हाफमा भने प्लानिङ ब्वाइजले सानदार प्रदर्शन गर्यो । ५५ औं मिनेटमा सुजन डंगोलले गोलको खाता खोले । […]

Success

Thank you for your time.