7 years ago
August 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको महिला भलिबलमा बेग्लै पहिचान बनाउन सफल न्यू डायमन्ड एकेडेमीले आफ्ना पुराना खेलाडीको सम्मानमा विदाई कार्यक्रमको आयोजना गरेको छ ।
न्यू डायमण्ड स्कुलबाट स्थापना काल देखि हाल सम्म खेल्दै आएका राष्ट्रिय स्तरका खेलाडीलाई शनिबार शनिबार सम्मान गरिएको हो । सम्मानित हुनेमा प्रतिभा माली, कृपा अधिकारी, मनीषा लामालगायतका खेलाडी थिए ।
कार्यक्रममा शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष एवंम् नेपाल भलिबल संघका उपाध्यक्ष रन्जन खड्का , भलिबल संघकी कोषाध्यक्ष सुनकेसरी माली र प्रिन्सिपल एवंम् प्रशिक्षक कुमार राई लगायत खेलाडीलाई सम्मान गरेका थिए ।
November 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्पिन इभेन्ट्सको आयोजनामा चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा मंसिर ११ देखि १५ गते सम्म लैनचौरस्थित टेबल टेनिस हलमा हुनेछ। आयोजकले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा मेन्स सिंगल्स, वुमेन्स सिंगल्स ब्वाइज सिंगल्स यु-१६, गर्ल्स सिंगल्स यु-१६, मेन्स टिम, वुमेन्स टिम, […]
November 20, 2024
एजेन्सी – प्रशिक्षक पेप ग्वार्डिओला म्यानचेस्टर सिटीसँग सम्झौता एक वर्ष थप्न राजी भएका छन् । यद्दपी सिटीले सम्झौताका बारेमा बताउन नचाहेपनि विभिन्न श्रोतबाट ग्वार्डिओला अर्को एक वर्ष टोलीमा रहन सहमत भएको सन्चारमाध्यमले उल्लेख गरेका छन्। योसँगै स्पेनिस प्रशिक्षकको सिटी बसाई १० वर्ष पुग्नेछ।५३ वर्षे ग्वार्डिओला सन् २०१६ मा सिटीमा आबद्ध भएका थिए। उनको नेतृत्वमा टोलीले […]
November 20, 2024
एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वे बराबरी खेलेका छन् । उरुग्वे र ब्राजिललाई बुधवार बिहान भएको खेलमा १-१ को बराबरीमा खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा ब्राजिलका लागि गारसन र उरुग्वेका लागि फोर्डिको भाल्भेर्डेले गोल गरे । ५५औं मिनेटमा भाल्भेर्डेको गोलमा उरुग्वेले सुरुवाती अग्रता लिएको थियो । […]