8 years ago
August 5, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्य नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ पुरुष सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । एपीएफका पुरुषोत्तमले फाइनलमा नेपाल प्रहरी क्लबका श्यान्टु श्रेष्ठलाई ‘बेस्ट अफ सेभेन’ को फाइनलमा ७–११, ११–९, १०–१२, ११–९, ११–९ र ११–८ को सेटमा पराजित गरे ।
पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदको टेबलटेनिस पुरुष सिंगल्स १६ वर्षको कलिलो उमेरमा राष्ट्रिय च्याम्पियन बन्दै सनसनी मच्चाएका स्यान्टुसँगको खेल निकै प्रतिस्पर्धात्मक रह्यो। एपीएफका अमरलाल मल्ल र पूर्व राष्ट्रिय च्याम्पियन प्रहरीका दीप साउनले तेश्रो स्थानमा चित्त बुझाए । यसअघि सोही स्पर्धाको महिलामा ६ पटककी राष्ट्रिय च्याम्पियन प्रहरीकी नविता श्रेष्ठ पहिलो, सीसीआससीकी सोनु थापा मगर दोश्रो तथा त्रिभूवन आर्मी क्लबका रविना महर्जन र दीक्षा तामाङ तेश्रो भएका थिए । दुवै समूहमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५/५ हजारका दरले नगद पुरस्कार पाए ।
भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा पन्नाकाजी शाक्यले फाइनलमा शम्भु बाँस्तोलालाई ३–० को सोझो सेटमा हराउदै पहिलो भए । ६० वर्षमाथि पुरुष सिंगल्समा उदयमोहन श्रेष्ठ पहिलो भए । उनले फाइनलमा गोवद्र्धन श्रेष्ठलाई २–० को सीधा सेटमा पाखा लगाए । ४० वर्षमाथि पुरुष सिंगल्स फाइनलमा उमेश मानन्धरले राजेन्द्र वज्राचार्यलाई ३–२ ले हराउदै पहिलो भए ।
बहिरातर्फ पुरुष सिंगल्स फाइनलमा भरत रोकायाले सन्जित श्रेष्ठलाई २–१ ले पाखा लगाए । पुरुष व्हिलचेयर सिंगल्समा केशव थापाले डिगमसिंह चेम्जोङलाई ४–२ ले पराजित गर्दै स्वर्ण जिते ।
शारीरिक अपाङ्गको ब्वाइज ‘स्टेन्डिङ’ मा नवराज सोतीले दीपक नकललाई ३–१ ले पराजित गर्दै स्वर्ण हात पारे । सोही स्पर्धाको गल्र्समा निरुता मगर पहिलो भइन् । निरुताले फाइनलमा आशा हमालको चुनौती ३–१ ले समाप्त पारिन् ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, स्व. पूर्णमानका छोरा एवं सागका रजत विजेता धर्ममानलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघले आयोजना गरेको पाँचदिने प्रतियोगिताअन्तर्गत खुला, कलेज, स्कुल, खेलकुद पत्रकार, दृष्टिविहीन, शारीरिक अपाङ्ग तथा भेट्रानतर्फ विभिन्न २५ स्पर्धामा २ सय ६० खेलाडी सहभागी थिए ।
April 11, 2025
सुनिल गाउँले,सिमरा ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन् । सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्। दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो […]
April 11, 2025
एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसकेपछि म्यानचेस्टर युनाइटेडले लियोनसँगको युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा चित्त बुझाउनु परेको छ । दुवै टोलीले समान एक पटक अग्रता बनाएको खेल २-२ को बराबरीमा टुंगिएको छ। रायन चेर्कीले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै खेलमा बराबरीमा गरेका हुन्। थियागो आल्माडाले २५ औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]