default_image

8 years ago

August 4, 2017

खेलकुद मन्त्रीलाई खेलाडी संघको ध्यानाकर्षण

86 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलकुद र खेलाडीको हितका विषयमा ध्यानाकर्षण गराएको छ । खेलाडी संघका पदाधिकारीहरुले शुक्रबार खेलकुद मन्त्री केसीलाई सिंहदरबारस्थित मन्त्रालयमा भेटी बधाइ दिनुका साथै ध्यानाकर्षण पत्र पनि बुझाएको हो । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले मन्त्री केसीलाई पत्र बुझाए ।

मन्त्री केसीलाई (बायाँ) ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष दिपक श्रेष्ठ, उपाध्यक्ष दिपक थापा र निवर्तमान अध्यक्ष दिपक विष्ट। (दायाँ)

संघले खेलाडी जीवनपछि आर्थिक कठिनाईबाट गुज्रिनु पर्ने अवस्थालाई न्युनिकरण गर्न खेलाडी र पूर्व खेलाडीलाई सरकारले सामाजिक सुरक्षा (शिक्षा, स्वास्थ्य, विमा, यातायात, भत्ता) को व्यवस्था गर्नु पर्ने, अन्तर्राष्ट्रिय पदक जितेको प्रतियोगितालाई वर्गिकरण गरी नियमित रुपमा कति भत्ताका रुपमा उपलब्ध गराउने हो भन्नेमा व्यापक अध्ययन/अनुशन्धान गरी नीति बनाउनु पर्नेमा जोड दिएको छ।

त्यस्तै नयाँ पुस्तका खेलाडीलाई खेल क्षेत्रमा आकर्षण बढाउन र अभिभावकलाई पनि खेल क्षेत्रमा भविष्य छ भन्ने बोध गराउन सरकारले नीति ल्याउनु पर्नेमा संघले ज्ञापन पत्रमा उल्लेख गरेको छ। स्थानियदेखि अन्तर्राष्ट्रिय खेलाडीको पहिचान खुल्ने गरी परिचय पत्रको व्यवस्था गरी सो परिचय पत्रको आधारमा विभिन्न क्षेत्रमा निश्चित सहुलियतको व्यवस्था गर्नु पर्नेतर्फ मन्त्री केसीलाई ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै खेल जीवनपछि पनि खेलाडीलाई स्वदेशमै बस्ने वातावरण बनाउन नीतिगत पहल गर्नुपर्ने तथा निर्धारित समयमा दक्षिण एसियाली खेलकुद (साग) जस्ता प्रतियोगिता नहुँदा प्रत्येक संस्करणमा एउटा पुस्ता नै पलायन हुने खतरा भएकाले १३ औं सागको तयारी तत्काल सुरु गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराइएको थियो ।

पत्र बुझेपछि मन्त्री केसीले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीका विषयमा के गर्न सकिन्छ भन्नेमा खेलाडी र सरोकारवालासंग बसेर छलफल गर्ने बताउदै संघले दिएको सुझावले केहि त परिवर्तन आयो है भन्ने बोध गराउने प्रतिबद्धता व्यक्त गरे ।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

क्रिजललाई महिला फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]

Success

Thank you for your time.