default_image

8 years ago

August 1, 2017

भलिबल खेलाडी प्रतिभा साहस स्पोर्टसकी ब्रान्ड एम्बासडर

185 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– खेल पोशाक (स्पोर्टस वेयर)  कम्पनी उत्पादक साहस स्पोर्टसले भलिबलकी प्रतिभा मालीलाई ब्रान्ड एम्बासडर घोषणा गरेको छ । राष्ट्रिय महिला भलिबल टोली र न्यू डाइमन्ड एकेडेमीकी सदस्य प्रतिभालाई साहस स्पोर्टसले एक बर्षको लागि ब्रान्ड एम्बासडर नियुक्त गरेको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

साहस स्पोर्टसले न्यू डाइमन्ड एकेडेमीको महिला भलिबल टोलीलाई एक बर्षका लागि खेल पोशाक पनि प्रायोजन गर्ने भएको छ । साहस स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपाने र प्रतिभाले सम्झौता पत्रमा हस्ताक्षर गरे । त्यस्तै न्यौपाने र एकेडेमीकी अध्यक्ष सुनकेशरी मालीले अर्को सम्झौता पनि हस्ताक्षर गरे ।

प्रतिभालाई साहस स्पोर्टसले हरेक महिना १० हजार रुपैयाँ उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । त्यस्तै साहस स्पोर्टसले प्रतिभाका लागि बर्ष भर खेल पोशाक उपलब्ध गराउने बताइएको छ । साहस स्पोर्टसले आफ्नो ब्रान्डको प्रचार प्रसारका लागि प्रतिभालाई प्रयोग गर्न सक्ने सम्झौतामा उल्लेख गरिएको छ ।

साहस स्पोर्टसले न्यू डाइमन्ड एकेडेमीलाई एक बर्षमा ५० सेट जर्सी र ५० सेट ट्रायक सुट उपलब्ध गराउने छ । न्यू डाइमन्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिदाँ साहस स्पोर्टसको जर्सीको प्रयोग गर्नुपर्नेछ । प्रतिभा र न्यू डाइमन्डलाई वार्षिक ३ लाख रुपैयाँ बराबरको प्रायोजना गरिएको न्यौपानेले जानकारी दिए ।

साहस स्पोर्टसले हरेक खेलका लागि जर्सी,ट्रयाकट सुट, टि सर्टलगायत अन्य खेल पोशाक उत्पादन गर्ने जानकारी दिदै साहस स्पोर्टसका प्रबन्ध निर्देशक न्यौपानेले भने,‘केही महिनाअघि मात्र सरकारले भलिबललाई राष्ट्रिय खेलकुदको मान्यता दिएको छ । अब यसको प्रचार प्रसार र विकासमा हामी सबैले साथ दिनुपर्दछ । त्यसैको प्रयास स्वरुप हामीले प्रतिभा र न्यू डाइमन्डलाई छनोट गरेका हौं । आशा छ हाम्रो प्रयासले उहाँहरुलाई उच्च प्रदर्शन गर्न थप हौसला मिल्नेछ ।’

साहस स्पोर्टसले आफ्ना उत्पादनको मंगलबारबाट औपचरिक रुपमा विक्री सुरु गरेको पनि जानकारी दिएको छ । साहसका उत्पादन चाइना टाउनको पसल नं. ०६२ र कमलपोखरी स्थित सिटी सेन्टरको विपरिततर्फ रहेको पसलमा उपलब्ध रहेको बताइएको छ । प्रबन्ध निर्देशक न्यौपानेलेसबै खाले खेलकुदका पोशाकको सहज र स्तरीय उत्पादन गर्नुकै कम्पनीको मुख्य उद्देश्य रहेको बताए ।

March 15, 2025

क्लबस्तरीय ह्विलचियर बास्केटबल हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

Success

Thank you for your time.