8 years ago
July 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) नेपाली खेलाडीले पदक जित्ने सबैभन्दा बलियो सम्भवना भएको क्षेत्रिय खेल मेला हो । तर, दुर्भाग्य नेपालीकी राम्रो सम्भावना भएकी खेलाडीका रुपमा चिनिने निशा रावलले भने भारतको डेढ बर्षअघि भएको १२ औं सागमा भाग लिन पाइनन् । उनको वजन समूहको इभेन्ट नभएका कारण खेल्न पाइनन् । यद्दपी साग खेल्ने उनको सपना पुरा नभएपनि त्यो भन्दा ठूलो खेल मेला एसियाली खेलकुद र ओलम्पिकमा पनि उनले भाग लिइसकेकी छन् । एक बर्षअघि रियो ओलम्पिकमा ७ खेलाडीले भाग लिदा निशा पनि त्यसमा थिइन् । ललितपुर इमाडोलकी २२ वर्षे निशा धेरैको सपना रहेको ओलम्पिक खेल्नुलाई आफ्नो खेल जीवनको सबैभन्दा महत्वपूर्ण क्षण भएको बताउँछिन् ।
घरेलु प्रतियोगिताहरुमा नियमित राम्रो प्रदर्शन गर्दै आएकी उनै निशासँग हाम्रो खेलकुद डट कमका दिपेश तिमलसिनाले गरेको १२–२७ कुरा गरेका छन्।
१. कहिलेबाट खेल्न सुरु गर्नु भयो?
– सानै देखि खेल्न थाले, म त्यति बेला नेपाल पुलिस स्कुलमा कक्षा ४ मा पढ्थे।
२. पहिलोपटक मेडल जित्दा कस्तो महसुस भयो?
– मैले खेल्न सुरु गरेको चार महिनामै प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको थिए। महिला खेलाडी निकै कम भएको भएर सहभागीता जनाउन परेको थियो। पहिलो पल्ट मेडल जित्दा निकै रमाइलो लाग्यो।
३. तेक्वान्दोमा कसरी लाग्नु भयो?
– मैले बुबाको करले गर्दा तेक्वान्दो खेल्न सुरु गरेको थिएँ।
४. कुन फोन चलाउनु हुन्छ र फोन किन्दाको मूल्य?
– सामसुंग एस ७ एज, मूल्य ७८ हजार।
५. कुन स्कुटर चढ्नु हुन्छ र मूल्य?
– एभीएटर, मूल्य १ लाख ८३ हजार रुपैयाँ।
६. बार्षिक कति कमाउनु हुन्छ?
– बार्षिक डेढ-दुई लाख।
७. खेलाडी नबनेको भए के गर्नु हुन्थ्यो होला?
– म बुवाकै व्यवसायमा लाग्थे होला।
८. शैक्षिक योग्यता कति छ?
– बिबिएस तेस्रो बर्षमा अध्यनरत।
९. कस्तो फिल्म हेर्नुहुन्छ र पछिल्लो पल्ट हेरेको फिल्म?
– लभ मुभी धेरै हेर्छु। पछिल्लो पटक हेरेको एनिमेटेड मुभी बोस बेबी।
१०. सबै भन्दा मन पर्ने नायक र नायिका?
– सलमान खान र सोनाक्षी सिन्हा।
११. सबैभन्दा मन पर्ने गायक र गायिका?
– काली प्रसाद बास्कोटा, गायिकामा ठ्याक्क यही भन्ने छैन।
१२. सबैभन्दा धेरै पल्ट सुनेको गीत?
– डेसपासिटो।
१३. सिंगल हुनुहुन्छ?
– प्रेम सम्बन्धमा छु, घरमा पनि खबर गरिसके।
१४. किताब कतिको पढ्नु हुन्छ र पछिल्लो पल्ट पढेको किताब ?
– एकदम कम, कोर्सको किताब पढ्ने फुर्सद मिलाउननै कठिन छ। पछिल्लोपटक पढेको नारायण वाग्लेको पल्पसा क्याफे।
१५. अहिलेसम्म कति देश घुम्नु भयो र सबैभन्दा मन परेको देश?
– ७ ओटा देश पुगेको छु। सबैभन्दा मन परेको देश दक्षिण कोरिया। चार पटक पुगेको छु।
१६. नेपालमा सबैभन्दा मनपर्ने ठाउँ?
– मनाङ-मुस्ताङ।
१७. सबैभन्दा मनपर्ने खानेकुरा?
– नेपाली खाना
१८. खाना बनाउनु हुन्छरु आफैले पकाको सबैभन्दा मिठो के लाग्छ?
– पकाउँछु। म मासु बबाल पकाउँछु। घरमा सबैलाई मनपर्छ।
१९. सामाजिक सञ्जाल कतिको चलाउनु हुन्छ र प्रेम प्रस्ताव कतिको आउछ?
– फेसबुक खोलिरहेको हुन्छु, यसो अलिकति समय मिल्दा खोलीहाल्छु। प्रेम प्रस्ताव ठिकै आउँछ, ओलम्पिकको दौरान धेरै आउँथ्यो। प्रस्ताब गर्नेहरुलाई ब्याईफ्रेण्ड छ भन्छु र कसैलाई चाहिँ पहिले देखेको थिएनौ र अहिले प्रस्ताव गरेको भनेर टारदिन्छु।
२०. पहिलो कमाई के गर्नु भयो?
– ममीलाई दिएँ। मैले छैटौं राष्ट्रिय खेल खेल्दा पहिलो पटक कमाएको थिएँ।
२१. खेल जीवनमा सबैभन्दा खुसी भएको क्षण?
– ओलम्पिक खेल्दा, छैटौं राष्ट्रिय खेल खेल्दा मलाई पहिलोपटक ओलम्पिक हुन्छ भन्ने थाहा भयो। म त्यहाँ पुग्दा निकै नर्भस थिए र सँगै गरेर देखाउन भन्ने जोश पनि थियो। सिनियर खेलाडीहरु हुँदाहुँदै वाइल्डकार्ड मार्फत यो मौका पाउँदा म निकै खुसी भएको थिए।
२२. फुर्सदको समयमा के गर्नु हुन्छ?
– साथीहरुसंग समय बिताउछु।
२३. आफुले चाहेर पनि गर्न नसकेको काम?
– दक्षिण एसियाली खेलकुदमा चाहेर पनि आफ्नो वजन समूह नहुँदा खेल्न पाईन।
२४. राष्ट्रिय टोलीमा सबैभन्दा मिल्ने साथि?
– रेजिना कार्की र हामी अरु चार जनाको एकदमै मिल्ने समूह छ। हामी सबै जना निकै मिल्छौ।
२५. सबैभन्दा मनपर्ने अन्तर्राष्ट्रिय खेलाडी?
– दिपक बिष्ट
२६. नेपाली तेक्वान्दोको स्तर के गरेर बढ्ला?
– हामीले धेरै प्रतियोगितामाहरुमा सहभागिता जनाउन पाउनु पर्छ। धेरै प्रतियोगिता खेल्दा स्तरोन्नोति हुन्छ र त्यसले ठुला प्रतियोगिताहरुमा खेल्दा निकै सघाउ पुर्याउने गर्छ।
२७. आफ्ना शुभेच्छुकहरुलाई के भन्न चाहनुहुन्छ?
– म ओलम्पिकमा जाँदा धेरै सिनियरले चित्त दुखाउनु भएको होला म उहाँहरुलाई म सधैं आफ्नो बेस्ट दिन्छु र मलाई हौसला दिनुहोस् भन्न चाहन्छु। मलाई समर्थन गर्नेहरुलाई धन्याबाद भन्छु। नराम्रो भन्नेहरुका कारण इखले पनि राम्रो गर्न हौसला मिल्दो रहेछ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]