8 years ago
July 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडी पुजन खड्काले मलेसियामा सारावाक चिफ मिनिस्टर बोर्नेओ कप तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । मलेसियाको कुचिङमा मंगलबार पुजनले तेक्वान्दोको फाइटमा स्वर्ण पदक जितेको प्रशिक्षक विकेश विडारीलाई उदृत गर्दे नेपाल तेक्वान्दो संघले जनाएको छ । फाइटतर्फ अर्को नेपाली खेलाडी शिवहरी श्रेष्ठले रजत पदक जितेका छन् ।
मलेसियामा पदक विजेता पुजन खड्का र शिवहरि श्रेष्ठ (दायाँबाट क्रमशः दोस्रो र तेस्रो ) अन्य खेलाडीका साथ ।
फाइटको क्याडेट ४५ केजीको फाइनलमा पुजनले सिंगापुरका खेलाडीलाई हराएका थिए । त्यसअघि उनले क्वार्टरफाइनलमा मलेसिया र सेमिफाइनलमा इन्डानेसियाका खेलाडीलाई पराजित गरेका थिए । क्याडेट ४८ केजीमा शिवहरीले क्वाटरफाइनलमा अस्ट्रेलिया र सेमिफाइनमा मलेसियालाई हारएका थिए । उनी फाइनलमा इन्डानेसियाका खेलाडीसँग पराजित भए ।
च्याम्पियनसिपमा नेपाल टोलीले बेस्ट स्पोर्टस् म्यानसिप अवार्डसमेत हात पारेको छ । अस्ट्रेलियन कम्पनी रेस्ट्रोलोजीको सहयोगमा अन्तर्राष्ट्रिय तेक्वान्दोका सहभागिता जनाएको नेपालका अर्का खेलाडी प्रविण तामाङ भने पदक विहिन भए । पुरुष ५५ केजी तौल समूहमा प्रविण क्वाटरफाइनलमा चाइनिज ताइपेईका खेलाडीसँग पराजित भएका थिए । त्यसअघि प्रविणले प्री–क्वाटरमा मलेसियालाई हराएका थिए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विवादित नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्ना पदाधिकारी र सदस्यलाई वैदेशिक यात्रा गर्नबाट रोक्न सरकारको तर्फबाट विमानस्थलको अध्यागमन कार्यालयलाई पत्राचार गरेकोमा आपत्ति जनाएको छ। अदालत आदेश र सरकारको निर्देशनको वेवास्ता गर्दै मंसिरमा विशेष साधारण सभा र पुसमा अनलाइन निर्वाचन गरेपछि एनओसी पुनः विवादमा परेको थियो। एनओसी विरुद्धको मुद्दा अदालतमा विचाराधीन छ। एनओसीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]