8 years ago
July 8, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – दोस्रो पेप्सी ओपन गल्फ प्रातियोगिताको उपाधि कर्नेल विष्णु कार्कीले जितेका छन। रोयल नेपाल गल्फ क्लबमा आज स्टेबलफोर्ड थ्री बाइ फोर फर्म्याटमा खेलाइएको प्रतिस्पर्धामा ३९ अंकका साथ कार्कीले उपाधि आफ्नो नाममा लेखाए ।
यसैगरी ३८ अंक जोडेका मुक्ति सेन गुरुङ दोस्रो भए। महिलातर्फ उपाधि ३१ अंक जोड्दै रेखा घिमिरेले जितिन्। सिनियरतर्फ ३५ अंक जोडेका मदन राणा उपाधि जित्न सफल रहे । सुपर सिनियरमा मणि प्रसाद राईले उपाधि जिते ।
प्रातियोगिताको जूनियरतर्फ १७ अंक जोडेका मास्टर अर्नभ शाह पहिलो भए। मुक्ति सेन गुरुङले मोस्ट बर्डिज, फुनत्सोक एन लामाले लोङेस्ट ड्राइभ र ह्रिदेस् कुमार सिंहlले क्लोजेस्ट टु द पिनको उपाधि जिते।
बरूण बेबरेजद्वारा प्रायोजित प्रातियोगितामा ७९ जना खेलाडिको सहभागिता रहेको थियो। ११ महिला र ४ जुनियर सहभागी रहेको प्रतियोगिता बिहान र दिउसो गरेर २ चरणमा खेलाइएको थियो।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]