default_image

8 years ago

July 7, 2017

ओलम्पियन हरिको फुटबलर बन्ने सपना: खेलाडीसँग १२-२७ कुरा

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मध्यम दुरीका धावक खेलाडी हरि रिमालले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिएको झन्डै एक दशकमा विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल मेला ओलम्पिकको पछिल्लो संस्करण रियो ओलम्पिकमा भाग लिएका थिए।

दुई बर्षअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५ हजार मिटर दौडमा कांस्य पदक जितेका हरिलाई ओलम्पिक सहभागिता खेल जीवनको अविष्मरणीय क्षण लाग्छ । धादिङको फुलखर्कमा जन्मेका २९ बर्षे हरिले पछिल्ला केही बर्षमा घरेलु प्रयिोगितामा एक छत्र राज गर्दै आएका छन् । भाग लिएका अधिकांश प्रतियोगितामा उनी विजयी बन्दै आएका छन् । सानै उमेरदेखि फुटबल खेलाडी बन्ने सपना देखेका हरि २०६३ मा नेपाली सेनामा आबद्ध भएपछि एथलेटिक्सतर्फ गएका थिए । उनै हरिसँग हाम्रो खेलकुद डट कमका दिपेश तिमलसिनाले गरेको १२–२७ कुरा गरेका छन् ।

१. कहिलेबाट खेल्न सुरु गर्नु भयो?
– स्कुलमा हुँदा देखिनै खेल्थें, २०५७/५८ साल देखिनै स्कुलमा फुटबल, दौडमा भाग लिन्थे।

२. पहिलोपटक मेडल जित्दा कस्तो महसुस भयो?
– म खेलकुदमै लाग्छु भन्ने महसुस भयो। आफ्नो रुचि खेलकुदमै  रहेकोले यसमै होमिएर ईच्छा पुरा गर्न सक्छु भन्ने भयो।

३. एथलेटिक्समा कसरी लाग्नु भयो?
– म सुरुमा काठमाण्डौ आउँदा फूटबल खेलाडी बन्छु भन्ने थियो र विकास मल्लले १-२ पटक फ्रेन्ड्स क्लबमा पनि लैजानु भयो। तर ३-४ महिनापछि एउटा दौडमा सहभागिता जनाउँदै जित्न सफल भए। उक्त प्रतियोगितामा राष्ट्रिय खेलाडीहरु पनी सहभागी थिए र त्यसपछि यसमै जम्छु भन्ने भयो।

४. कुन फोन चलाउनु हुन्छ र फोन किन्दाको मूल्य?
– सामसुङ एस ७, ७६ हजार रुपैयाँ

५. कुन बाइक चढ्नु हुन्छ र मूल्य?
– हिरो होन्डा, १लाख ७०हजार रुपैया। आर्मीको वर्ष खेलाडी भएपछि पुरस्कार स्वरूप पाएकोले यहि चढ्छु।

६. बार्षिक कति कमाउनु हुन्छ?
– आर्मीको तलब र पुरस्कार गरेर वार्षिक ९-१०लाख पुग्छ।

७. खेलाडी नबनेको भए के गर्नु हुन्थ्यो होला?
– म आर्मी भएपछि खेलाडी भएको हुँ, त्यसैले खेलाडी नबनेको भए आर्मीनै बन्थे।

८. शैक्षिक योग्यता कति छ?
– १२ कक्षासम्म पढेको छु।

९. कस्तो फिल्म हेर्नुहुन्छ र पछिल्लो पल्ट हेरेको फिल्म?
– खेलकुद, कमेडी र हौसला प्रदान गर्ने फिल्म हेर्छु। पछिल्लो पटक हेरेको भाग मिल्खा भाग। यो फिल्म मैले धेरैपटक हेरिसकें।

१०. सबै भन्दा मन पर्ने नायक र नायिका?
– आमिर खान, नायिका यही भन्ने छैन।

११. सबैभन्दा मन पर्ने गायक र गायिका?
– आतिफ अस्लम, गायिका यही भन्ने छैन।

१२. सबैभन्दा धेरै पल्ट सुनेको गीत?
– खासै रुचि राख्दिन गीतमा, प्रशिक्षणको बेलामा चाहीं गित बजाएर गर्छु। धेरै थरिको सुन्छु ठ्याक्क यहि भन्ने छैन।

१३. सिंगल हुनुहुन्छ?
– रिलेसनमा छु।

१४. किताब कतिको पढ्नु हुन्छ? पछिल्लो पल्ट पढेको किताब?
– सामान्य ज्ञान र प्रेरणा दिने किताब पढ्छु। पछिल्लो पटक पढेको ‘कसरी सफलता प्राप्त गर्ने?’।

१५. अहिलेसम्म कति देश घुम्नु भयो? सबैभन्दा मन परेको देश?
– १२/१३ ओटा भन्दा धेरै देश पुगेको छु। मन परेको देश जापान त्यहाँ एसियन च्याम्पियन्सिपमा पुगेको थिए। हङकङ पनि मन पर्यो।

१६. नेपालमा सबैभन्दा मनपर्ने ठाउँ?
– पोखरा। र उपत्यका नजिक नगरकोट।

१७. सबैभन्दा मनपर्ने खानेकुरा?
– शरीरलाई हानि नगर्ने सबै कुरा खान्छु, बेस्ट भन्ने छैन।

१८. खाना बनाउनु हुन्छ? आफैले पकाको सबैभन्दा मिठो के लाग्छ?
– बनाउछु। मैले बनाएको चिकेन करी सबैलाई मनपर्छ।

१९. सामाजिक सञ्जाल कतिको चलाउनु हुन्छ र प्रेम प्रस्ताब कतिको आउछ?
– सामन्यतया दिनको डेढ घण्टासम्म चलाउँछु। फुर्सदमा र काम परेको बेलामा चलाउने हो। प्रेम प्रस्ताब ठ्याक्कै आउदैन, कसैबाट प्रस्ताब आउनु अगाडीनै पछाडी हट्छु।

२०. पहिलो कमाई के गर्नु भयो?
– जागिर खाएर पाएको पैसा यो गरे भन्ने याद छैन। वि.सं. २०६४को एनआरएन म्याराथनमा सातौं स्थान हासिल गरेर पाएको रकमले ५ हजार पर्ने स्पाइक्स जुत्ता किनेको थिए।

२१. खेल जीवनमा सबैभन्दा खुसी भएको क्षण?
– खेलभित्रको राजनीतिले गर्दा ओलम्पिक खेल्न नपाउने सम्भावना थियो, तर पछि खेल्न पाउने भएपछि निकै खुसी भए। ओलम्पिकमा पुगेपछि मैले जिम्मेवारी बढेको महसुस गरिरहेको थिएँ र देशको प्रतिनिधित्व गरिरहेको हुनाले निकै खुसी थिएँ।

२२. फुर्सदको समयमा के गर्नु हुन्छ?
– साथीहरु सँग घुम्छु, रमाइलो गर्छु।

२३. आफुले चाहेर पनि गर्न नसकेको काम?
– पढाई अघि बढाउन सकिन।

२४. राष्ट्रिय टोलीमा सबैभन्दा मिल्ने साथि र माथि आउन सक्ने खेलाडी?
– म सबैभन्दा बढी याम साजन सुनारसँग मिल्छु। माथि आउन सक्ने खेलाडी सोम बहादुर कुमाल। उनमा ८ सय मिटर र १५  सय मिटरको राष्ट्रिय कीर्तिमानहरु भंग गर्ने क्षमता छ।

२५. सबैभन्दा मनपर्ने अन्तर्राष्ट्रिय खेलाडी?
– बेलायतका मोहम्मद फराह।

२६. नेपाली खेलकुदको स्तर के गरेर बढ्ला?
– संघमा कुनैपनि व्यक्ति हाबी हुनु हुँदैन। संस्थामा राम्रो कार्यप्रणालीको बिकास गर्नुपर्छ। खेलाडीहरुलाई उचित सुबिधा दिन पर्यो, खेलाडीलाई राम्रो डाईटको व्यवस्था गर्न पर्छ। जुनियर लेभल देखिनै स्तरोन्नतिको प्रयास गर्न पर्यो।

२७. आफ्ना शुभेच्छुकहरुलाई के भन्न चाहनुहुन्छ?
– मलाई रामो भन्ने र नराम्रो भन्ने दुबैले मलाई माथि जान सहयोग गर्नु भएको छ। राम्रो भन्नेले हौसला प्रदान गर्नु भयो र खुट्टा तान्न खोज्नेहरुबाट ईख राख्दा मलाई माथि जान सहयोग गर्यो।

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

March 12, 2025

क्यानले नयाँ ग्रेडिङ सार्वजनिक गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]

March 12, 2025

५ राष्ट्रिय संघले एनओसीले सदस्यता पाउने!

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]

Success

Thank you for your time.