8 years ago
June 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघको आयोजनामा सिएमएस जुनियर गल्फ क्याम्प शनिबारबाट राजधानीमा शुरु भएको छ। रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा शनिबारबाट शुरु भएको क्याम्पको पहिलो दिन २५ जना जुनयर खेलाडीहरुले सहभागिता जनाएका थिए।
उनीहरुलाई गल्फका मुख्य प्रशिक्षक दिपक थापामगर र प्रशिक्षक रमेश नगरकोटी र सचिन भट्टराईले प्रशिक्षण दिएका थिए । प्रशिक्षण ४३ हप्तासम्म चल्नेछ । प्रशिक्षणमा सहभागी खेलाडीमध्येबाट उत्कृष्ट हुने खेलाडीलाई राष्ट्रिय टिममा राखी थप प्रशिक्षण र विभिन्न प्रतियोगिता खेल्नको लागि अवसर प्रदान गरिने नेपाल गल्फ क्लबका विकास निर्देशक दिपक आचार्यले जानकारी गराए । ‘उत्कृष्ट प्रदर्शन गर्ने गल्फरहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि पनि हामीले कार्यक्रम ल्याउने लक्ष्य लिएका छौं ।’
गल्फको प्रशिक्षण कार्यक्रम काठमाडौं, पोखरा र धरानमा हुनेछ । धरान र पोखरामा हप्तैपिच्छे प्रशिक्षण र तीन प्रतियोगिता हुनेछ भने काठमाडौंमा फाइनलसहित पाँच प्रतियोगिता हुनेछ । काठमाडौँको प्रशिक्षण रोयल नेपाल गल्फ क्लब र प्रतियोगिताहरु गोकर्ण गल्फ रिसोर्टमा हुने नेपाल गल्फ संघका विकास निर्देशक दिपक आचार्यले जानकारी दिए ।
निशुल्क प्रशिक्षणमा मोफसलबाट ३०–३० जना र काठमाडौंबाट करिव ५० जनाले प्रशिक्षणमा सहभगिता जनाउने छन् । यस प्रोग्राममा १६ बर्ष मुनिका आर्थिक स्तर कमजोर तर प्रतिभावान महिला पुरुष खेलाडीहरु प्राथमिकतामा पर्ने आयोजकले जनाएको छ ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]