8 years ago
June 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – तीन छुट्टाछुट्टै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २१ सदस्यीय नेपाली तेक्वान्दो टोली दक्षिण कोरिया प्रस्थान गर्दैछ । असार १० देखि १६ गतेसम्म मुजुमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने छन् । त्यसमा १० खेलाडीले विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
पुरुषको ५४ केजीमुनि ताराकुमार रायमाझी, ५८ केजीमुनि सागर गुभाजु, ६३ केजीमुनि वीरबहादुर महरा, ६८ केजीमुनि रन्जन श्रेष्ठ, ७४ केजीमुनि निश्चलमान श्रेष्ठ र ८७ केजीमुनि सक्षम कार्कीले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ४६ केजीमुनि रेजिना कार्की, ५३ केजीकुनि निमा गुरुङ, ५७ केजीमुनि ज्ञानी चुनारा तथा ७३ केजीमाथि ओलम्पियन निशा रावलले भाग लिने छन् ।
टिम प्रशिक्षकमा जे हो ली तथा व्यवस्थापकमा भानबहादुर चन्द रहेका छन् । विश्व च्याम्पियनसिपमै सहभागी टोलीले असार १८ देखि २३ गतेसम्म छुनचियोनमा हुने छुनचियोन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने छन् ।
छुनचियोनमै हुने तेश्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पनि नेपालले सहभागिता जनाउने कार्यक्रम छ । असार १७ मा हुने उक्त प्रतियोगितामा ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सहभागी हुँदैछ ।
पुरुषको ७५ केजीमुनि रोहितहाङ राई तथा महिलाको ४९ केजीमुनि रञ्जना धामी र ५८ केजीमा पलेशा गोवर्धनले सहभागिता जनाउने छन् । टोली नेतामा कासिम मियाँ धोबी, व्यवस्थापकमा दीपक विष्ट र प्रशिक्षकमा कविराज नेगी लामा छन् ।
त्यस्तै विश्व तेक्वान्दो च्याम्पियनसिपको उद्घाटनका अवसरमा अभिभावकका रुपमा तेक्वान्दो संघकी सदस्य नन्दा बस्याल तथा खेलाडीद्वय सपना नेपाली र सविन कार्की सहभागी हुँदैछन् । उनीहरु विश्व तेक्वान्दो महासंघको निमन्त्रणमा सहभागी हुन लागेका हुन् ।
सपना नेपाली तेक्वान्दो संघले असाहय बालवालिका संरक्षित विभिन्न ८ संस्थामा सञ्चालन गरिरहेको तेक्वान्दो प्रशिक्षण कार्यक्रमका प्रशिक्षार्थी हुन् भने सविन सिन्धुपाल्चोकका भूकम्प पीडित हुन् ।
टोलीलाई सफलताको शुभकामना दिदै ललितपुर महानगरपालिकाका नव निर्वाचित मेयर चिरीबाबु महर्जन, उपमेयर गीता सत्याल र तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले महानगरपालिकाकै सभाकक्षमा आयोजित एक कार्यक्रमबीच मंगलबार बिदाइ गरे । टोली बुधबार प्रस्थान गर्दैछ ।
कार्यक्रममा मेयर महर्जनले लामो सयमदेखि स्थानिय तह पदाधिकारी विहीन भएकोले खेलकुदमा स्थानिय स्तरमा उत्साहजनक प्रगति नभएको बताउदै अब खेलकर्मीले खेलकुदमा परिवर्तनको आभास गर्ने बताए ।
December 22, 2024
काटमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले ६५ लाख रुपैयाँ बराबरको कार जिते । शनिबार फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्सँग ५ विकेटले पराजित भएपनि दीपेन्द्रले अन्य चार दाबेदारलाई पछि पार्दै कार जितेका हुन् । दीपेन्द्रले कार जित्नुका तीन प्रमुख आधार भने यस प्रकार छन् । ३. […]
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टी२० क्रिकेटमा कुनैपनि एक खेलाडीको प्रदर्शनले टोलीको हाार वा जित निर्धारण गर्नसक्छ । त्यति मात्रै होईन पुरै टोलीको मनोबल र मोमेन्टमलाई पनि फरक पार्ने गर्दछ । त्यसैले अक्सन वा अनुबन्ध गर्दा सबै टोलीले प्रमुख खेलाडीलाई पहिलो प्राथमिकतामा राख्छन् । नेपाल प्रिमियर लिग(एनपीएल) को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर […]
December 22, 2024
हिमाल खरेल,बिर्तामोडप्रथम झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमवार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा […]