8 years ago
June 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टेबल टेनिसकि स्टार खेलाडी स्वेच्छा नेम्वाङले शौभाग्य ज्वेलर्स प्रालि सञ्चालनमा ल्याएकि छिन्। पुरानो बानेश्वरमा अवस्थित ज्वेलर्स सोमबारबाट विधिवत रुपमा सञ्चालनमा आएको हो।
ज्वेलर्सको उद्घाटन एक कार्यक्रमका बीच ओलम्पियन तथा कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन फुपूल्हामु खत्री र नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर नवयुग श्रेष्ठले एकैसाथ गरेका थिए।
ज्वेलर्सको उद्घाटनपछि सञ्चालक स्वेच्छा नेम्वाङले खेलाडी जीवनले मात्रै जीविकोपार्जन नहुने भन्दै सहकार्यमा ज्वेलर्स सञ्चालमा ल्याइएको बताईन्। ‘म खेललाई छाड्न सक्दिन। तर जीविकोपार्जनको लागि खेलेर मात्रै पुग्दैन।’ स्वेच्छाले भनिन्, ‘त्यसैले सहकार्यका व्यापार व्यवसायमा हात हालेको हुँ। समय मिलाएर खेल र व्यवसायलाई अघि लैजानेछु।’
नेम्वाङ भर्खरै जर्मनीमा सम्पन्न विश्व टेबल टेनिस च्याम्पियनसिप २०१७मा सहभागिता जनाएर फर्किएकि हुन्। लामो समय टेबल टेनिसबाट बाहिर रहेकी नेम्वाङको यो पहिलो विश्व च्याम्पियनसिप सहभागिता रहेको थियो।
ज्वेलर्समा स्वदेशी तथा बिदेशी गुणस्तरीय गरगहना सहज रुपमा उपलब्ध हुनेछ। यस्तै ज्वेलर्समा सुनचाँदी, हिरा, मोती र पत्थरलगायतका गरगहना अर्डर बमोजिम बनाइने र रेडिमेड स्वदेशी तथा बिदेशी गहना पनि उपलब्ध रहेको उनले बताईन्। पुराना गहना एक्सचेन्ज गर्ने व्यवस्था पनि गरिएको र स्वदेशी तथा बिदेशी ब्रान्डका क्लथिङ स्टोर पनि चाँडै सञ्चालन ल्याउने जानकारी गराईन्।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ । के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]