8 years ago
June 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपालका प्रख्यात पर्वतारोही संजय पण्डितको पर्वतारोहणको क्रममा अमेरिकामा मृत्यु भएको छ। प्युठानमा जन्मिएका पण्डित अलास्काको माउन्ट डेनाली आरोहणका लागि अमेरिका पुगेका थिए।
नेपालका आधा दर्जन भन्दा बढी हिमाल चढिसकेका संजयको शुक्रबार शव फेला पारेको अलास्काको राष्ट्रिय निकुन्जले जनाएको छ। १७ हजार ५ सय फिट माथि शव फेला परेको तर मृत्युको कारण भने अझै पत्ता नलागेको श्रोतले जनाएको छ।
दुतावासमा उनको मृत्युको खबर आइसकेको र थप जानकारी शव प्राप्त भएपछि थाहा हुने दुतावासका प्रवक्ता जीवन प्रकाश श्रेष्ठले जनाए।
डेनाली राष्ट्रिय निकुन्जको टकिटना रेन्जर स्टेसनकि प्रवक्ता मौरिन गुआलटेरीले एक स्थानीय पत्रिकालाई उदृत गर्दै अन्तर्राष्ट्रिय पर्वतारोहीको मृत्यु भएको पुष्टि गरिन्। “रातको १ बजे १७ हजार ५०० फिटबाट ३ आरोहीले सहयोगको लागी खबर गरेका थिए। तर रेन्जर पट्रोल त्यहाँ पुग्दा शरीरले प्रतिक्रिया दिन छाडीसकेको थियो। रेन्जरहरुले स्वास्थ्य उपचार गरेपनि उनको ज्यान बच्न सकेन।”
खराब मौसमका कारण शव ल्याउन समस्या भइरहेको जानकारी गुआलटेरीले दिईन।
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]