8 years ago
June 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला खेलकुद विकास समिति र विद्या विकास सेकेण्डरी स्कुलले आइटिएफ तेक्वान्दोका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित कार्यक्रममा आयोजकले आइटिएफ नेपालका खेलाडीद्धय बाबुछोरा लक्ष्मण बस्नेत र सस्मत बस्नेतलाई सम्मानित गरेको हो ।
सम्मानितहरु पहिलो लहरमा दायाँबाट क्रमश – फोटो पत्रकार रजेन्द्र केसी, आइटिएफ तेक्वान्दोका अध्यक्ष लक्ष्मण बस्नेत, खेलाडी सस्मत बस्नेत र प्रशिक्षक गयाजी खड्का ।
लक्ष्मण बस्नेत तेक्वान्दो आइटिएफ नेपालका संस्थापक अध्यक्ष एवम् प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय ‘ए’ क्लास रेफ्री समेत हुन् । उनले सन् २०१६ मा बेलायतमा भएको १८ औं एडल्ट, सिनियर तथा १३ औं जुनियर आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा सिनियर व्यक्तिगत स्पाइरिङतर्फ ६४ केजी तौल समुहमा कास्य जितेको बताइएको छ ।
उनले क्वार्टरफाइनलमा आयरल्याण्डका खेलाडीलाई पराजित गरेका थिए । बस्नेत सेमिफाइनलमा पोल्याण्डका खेलाडीसँग पराजित भएका थिए । बस्नेत आइटिएफ तेक्वान्दोमा अन्तर्राष्ट्रिय कास्य जित्ने पहिलो नेपाली हुन् । उनले २००४ मा मलेसिया ओपन आइटिएफ च्याम्पियनसिपका कास्य जितेका थिए ।
यस्तै सोही प्रतियोगिताको १४र१५ वर्ष उमेर समुहको कलर बेल्ट ६४ केजी तौल समूहमा सस्तनले रजत जितेका थिए । सोही अवसरमा फोटो पत्रकार रजेन्द्र केसी र प्रशिक्षक गयाजी खड्कालाई पनि सम्मान गरिएको थियो । पदक विजेतालाई नेपालका लागि पहिलो पदक विजेता खेलाडी ओलम्पियन धावक जित बहादुर केसीले सम्मान गरेका थिए ।
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]