8 years ago
June 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता निमा घर्ती मगर नगदसहित सम्मानित भएकी छन् । मार्सल आर्ट अर्गनाइजेसन, नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगिताको समापनको अवसरमा आइतबार निमालाई सम्मान गरिएको हो ।
सागकी स्वर्ण पदक विजेता निमा घर्तीमगर सम्मान पछि ।
काभ्रे जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष प्रदीप बोगटीले निमालाई व्यक्तिगत ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरे । पुरस्कार प्राप्त गरेपछि निमाले सोही अवसरमा उक्त रकमको ६० प्रतिशत आयोजकलाई प्रतियोगिताका लागि सहयोग स्वरुप प्रदान गर्ने घोषणा गरिन् । सोही अवसरमा १२ औं सागका अन्य पदक विजेता उसु खेलाडीलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
प्रतियोगितामा बुद्ध प्रकाश उसु क्वान टिम च्याम्पियन बन्यो । बुद्ध प्रकाशले १३ स्वर्ण, ४ रजत र ८ कांस्य पदक जित्यो । ११ स्वर्ण, १ रजत र १ कांस्य पदकका साथ कैलाली उसु क्वान दोश्रो तथा ५ स्वर्ण, ८ रजत र ३ कांस्य पदकसहित मनमैजु उसु क्वान तेश्रो भए ।
सान्सौंको पुरुषमा कैलालीका नवीन जर्घा मगर तथा महिलामा बुद्ध प्रकाशकी एलिशा नगरकोटी उत्कृष्ट खेलाडी चुनिए । थाउलोको पुरुषमा डोल्फिनका कल्याण राई तथा महिलामा मनमैजुकी दीपिका राई उत्कृष्ट खेलाडी चुनिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमाल, आयोजकका अध्यक्ष राजिव महर्जनलगायतले एक कार्यक्रमबीच पुरसकृत गरे । चारदिने प्रतियोगितामा ६ सय खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]