8 years ago
June 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल प्रिमिएर गल्फ च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको प्रो-एम प्रतियोगितामा संजय लामाको टोलीले उपाधि जितेको छ। विजयी टोलीमा व्यावसायिक खेलाडी संजयसँगै (४३) एमेच्योर खेलाडीहरु चार्ली गुरुङ(४१), भरत बस्ताकोटी(३८) र टासी दोङ(३८) रहेका थिए।
विजयी टोलीले कुल १ सय ६० अंक जोडेको थियो भने दोश्रो स्थानमा रहेको टोलीले १ सय ४९ अंक जोड्यो। दोश्रो भएको प्रो गल्फर रमेश नगरकोटीको (३८) टोलीमा एमेच्योर बाबु शेर्पा(३७), विकास शाह(३७) र आत्मा राम सिमखडा(३७) रहेका थिए। तेश्रो स्थानमा प्रो सचिन भट्टराई(३८) सँगै रहेका कन्चन बस्नेत(३६), पृथ्वी मल्ल(३६) र प्रतिमा शेर्पाको(३६) टोली रह्यो। उक्त टोलीले १ सय ४६ अंक जोड्यो।
चार्ली गुरुङले ४१ अंक जोड्दै उत्कृष्ट व्यक्तिगत स्कोरको उपाधि जिते भने प्रतिमा शेर्पाले ३६ अंक जोड्दै महिला तर्फको उत्कृष्ट स्कोरको उपाधि जितिन्। फुन्त्सोक एन लामाले लङ्गेष्ट ड्राइभ र गजेन्द्र लिम्बुले ‘क्लोजेस्ट टु द पिन’को उपाधि जिते।
९६ खेलाडीले भाग लिएको प्रतियोगितामा २५ व्यवसायीक गल्फरहरुको सहभागिता रहेको थियो। प्रतियोगिता स्टेबलफर्ड ३/४ ह्यान्डीक्याप फर्म्याटमा खेलिएको थियो। सुर्य नेपालका मार्केटिङ म्यानेजर बल किशन गुरुङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुह्रिद घिमिरेले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए।
March 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]