8 years ago
June 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल एपिएफल क्लबले केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा गरेको छ । प्रतिस्पर्धात्मक फाइनलमा न्यू डायमण्ड एकेडेमीलाई ३–२ हराउँदै एपिएफले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा एपिएफले लगातार पहिलो दुई सेट जित्दै अग्रता बनाएको थियो । त्यो अवस्थामा सम्म एपिएफले सजिलै फाइनल जित्ने अनुमान गरिएको थियो ।
तर त्यसपनि न्यू डायमण्डले लगातार दुई सेट जित्दा खेल रोमाञ्चक बनेको थियो । तर अन्तिम तथा निर्णाक सेटमा एपिएफ हावी भयो भने न्यु डाइमन्ड दबाबमा पर्यो । खेल एपिएफले २५–२२, २५–१८,१८–२५, १८–२५ र १५–८ ले जितेको थियो । विजेता एपीएफले उपाधिसहित क्वायरटफ म्याट्रेसले प्रायोजन गरेको एक लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो । दोस्रो न्युडायमण्डले १ लाख रुपैयाँ प्राप्त गर्यो ।
त्यसअघि त्यस्तै पश्चिमाञ्चलले विभागिय टोली नेपाल पुलिसलाई हराउँदै तेस्रो स्थान प्राप्त गरेको थियो । पश्चिमाञ्चलले पुलिसमाथि ३–२ को जित हासिल गरेको थियो । पश्चिमाञ्चल २२–२५,२५–१८,२२–२५,२६–२४ र१५–१३ ले जितेको थियो । तेस्रो स्थानको पश्चिमाञ्चलले गौरी शंकर हिमालयन कार्पेटका कार्यकारी निर्देशक दावा तामाङले प्रायोजन गरेको ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
शेरबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताका विजेता खेलाडीलाई राखेप सदस्यसचिव केशव कुमार विष्ट,मुख्य प्रायोजक केएनपी जापानका कन्ट्रि डाइरेक्टर मनोज मिश्र, सहप्रायोजक शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र कुमार गोयल,क्वायरटफ म्याट्रेसका अध्यक्ष सुरेन्द्र शारदा,नेपाल भलिबल संघका अध्यक्ष मनोरमन रञ्जन शर्मा,प्रतिस्ठानका संरक्षक गमली खड्का,अध्यक्ष रन्जन खड्का लगायतले पुरस्कृत गरे । कुल ६ टिमको सहभागीता रहेको प्रतियोगिता २३ गते देखि सुरु भएको थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]