8 years ago
June 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– न्यू डाइमन्ड एकेडेमी र नेपाल एपिएफ क्लब राजधानीमा जारी केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
त्रिपुरेश्वरस्थीत दशरथ रंगशालाको कभर्डहलमा बुधबार भएको दुवै खेलमा जित निकाल्दै एपीएफ सेमिफाइनलमा पुग्यो । पश्चिमाञ्चललाई २५–१९,२५–१३ र २५–१३ ले हराएको एपिएफले अर्को खेलमा आर्मीलाई २५–१५,२५–१२ र २५–१५ ले पराजित गर्यो । समुह ‘ए’ मा रहेका पश्चिमाञ्चलले मंगलवार आर्मीलाई हराएकोले टोली ३ अंकसहित उपविजेताका रुपमा अघि बढेको हो ।
बहुराष्ट्रिय कम्पनी जापान कन्साई नेरोल्याक पेन्ट्स (केएनपी)को मुख्य प्रायोजन तथा शिवम् सिमेन्टको सह–प्रायोजनमा जारी प्रतियोगितामा न्यू डायमण्डले जावलाखेललाई २५–७,२५–१० र २५–६ को सोझो सेटमा हरायो । न्यु डाइमन्डले पहिलो दिन नेपाल पुलिस क्लबलाई हराएको थियो ।
समूह ‘बी’ मा रहेको पुलिसले जाउवाखेललाई २५–१,२५–१२ र २५–२० को सोझो सेटमा हराउदै उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘ए’ को विजेता एपिएफले समूह ‘बी’ को उपविजेता पुलिससग सेमिफाइनल खेल्नेछ । अर्को सेमिफाइनल समूह ‘बी’ को विजेता न्यू डाइमन्डले समूह ‘ए’ को उपविजेता पश्चिमाञ्चलको सामना गर्नेछ ।
प्रतियोगिताको विजेताले प्राप्त गर्ने १ लाख ५० हजार क्वायरटुफ म्याट्रेसले प्रायोजन गरेको छ । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्,नेपाल भलिबल संघ,डल्फीन चियर,एयर एशिया,आइएमइको साथ रहेको छ । प्रतियोगिताको दोस्रो हुने टोलीले १ लाख र तेस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
सर्वोकृष्ट खेलाडी र विधागत उत्कृष्टतर्फ स्पाइकर, क्वीकर,सेटर, ब्लकर, डिफेन्स र सर्भरले समान ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो संस्करणमा शेरवहादुर खड्का स्पेशल अवार्डबाट एक खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]