default_image

8 years ago

June 7, 2017

ताप्लेजुङ र रौतहट फाइनलमा

115 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४को सेमिफाइनल खेलहरु समापन भएका छन्।

पाल्पामा आज भएको पहिलो सेमिफाईनल खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले काठमाण्डौ महिला फुटबल टिमलाई ४–० गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । ताप्लेजुङ्गका लागि अनुष्का शेर्पाले ११ र ८२ मिनेटमा, रेखा लिम्बूले ५९ मिनेटमा र अनिता बस्नेतले ७४ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै आजै स्याङ्गजामा भएको अर्को सेमिफाईनल खेलमा रौतहट महिला फुटबल टिमले मोरङ्ग महिला फुटबल टिमलाई ४–० गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । रौतहटका लागि अन्जली योन्जनले १४ मिनेटमा, रश्मि कुमारी घिसिङ्गले ५८ मिनेटमा, अनिता के सी ले ८८ मिनेटमा र निशा थोकरले ९० मिनेटमा गोल गरेका थिए ।

फाइनल खेल शुक्रबार हुनेछ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

भोजपुरमा बासिखोरा रन हुने

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा बासिखोरा रन २०८१ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा महिला/पुरुष खुला, यु १८, यु १३ र ४० वर्षमाथिको विधा समावेश गरिएको छ । महिला/पुरुष खुला, यु १८ र ४० वर्षमाथिको समूहमा […]

March 17, 2025

प्लानिङ ब्वाइजको लगातार जित

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा च्यासल युथ क्लबलाई ४-० को हार चखाउँदै प्लानिङ ब्वाइज क्लबले लगातार दोस्रो जित हात पारेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । दोस्रो हाफमा भने प्लानिङ ब्वाइजले सानदार प्रदर्शन गर्यो । ५५ औं मिनेटमा सुजन डंगोलले गोलको खाता खोले । […]

Success

Thank you for your time.