default_image

8 years ago

June 7, 2017

प्रिमियर गल्फमा शिवरामको अग्रता कायमै

126 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल नम्बर १ व्यावसायिक गल्फर शिवराम श्रेष्ठले सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत तेश्रो चरणको अन्त्यसम्म पनि आफ्नो अग्रता कायमै राखेका छन्। सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गतको अन्तिम इभेन्ट पार-७२को गोकर्ण गल्फ क्लबमा भईरहेको छ।

बुधबार भएको खेलमा शिवरामले ५ अन्डर ६७ अंक जोड्दै समग्रमा १८ अन्डर १ सय ९८ स्कोर लिएर शीर्ष स्थानमा रहेका छन्। उनले दोश्रो स्थानमा रहेका सुर्य प्रसाद शर्मासँग ५ स्ट्रोकको अग्रता कायम गरेका छन्। तेश्रो चरणमा सुर्यले ३ अन्डर ६९को स्कोर बनाउँदै समग्रमा १३ अन्डर २ सय ३को स्कोर लेखाएका छन्।

तेश्रो स्थानमा रहेका संजय लामाको १० अन्डर २ सय ६ छ भने लामा भन्दा ३ स्ट्रोकले पछाडी रहेका धन बहादुर थापाको ७ अन्डर २ सय ९ स्कोर छ। लामाले तेश्रो दिनमा १ अन्डर ७१ लेखाउँदा थापाले १ ओभर ७३ अंक जोडे। भुवन नगरकोटी २ अन्डर २ सय १४ अंक लिएर पाँचौ स्थानमा छन्।

व्यावसयिक गल्फरहरुको वरियतामा रामे मगर(७४) र तिर्थ पौडेल (७३) ३ ओभर २ सय १९ स्कोर लिएर छैटौं स्थानमा छन् भने जयराम श्रेष्ठ(७६), राजेन्द्र थापा मगर (७५) र रबि खड्का (६९) ३ ओभर २ सय २० अंकसहित आठौं स्थानमा छन्

एम्च्योर तर्फ शुक्र बहादुर राई इभन पार २ सय १६ जोड्दै शीर्ष स्थानमा रहेका छन् तेश्रो चरणमा ५ ओभर ७७को बिर्सनलायक प्रदर्शन गरेसँगै उनले प्रतियोगिताकै उपाधि होडबाट बाहिरिनु पर्यो। एमेच्योर तर्फको दोश्रो स्थानमा टंक बहादुर कार्की (६ ओभर २२२) छन् भने तेश्रो स्थानमा विजय श्रेष्ठ एन्हस (९ ओभर २१६) छन्।

३६ व्यवसायीक र १२ एम्च्योर गरेर कुल ४८ खेलाडीले सहभागिता जानेको यस प्रतियोगिताको कुल पुरस्कार राशी १२ लाख रुपैयाँ रहेको छ। नेपाल व्यावसयिक गल्फर्स एसोसिएसनले आयोजना गरेको प्रतियोगिताको प्रयोजन सुर्य नेपाल प्रा.लि.ले गरेको छ। प्रतियोगिताको अन्तिम दिन बिहिबार विजेता घोषित हुनेछ। शीर्ष ३ स्थानमा आउने खेलाडीले क्रमश: २ लाख २० हजार, १ लाख ३४ हजार र ९० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

March 24, 2025

दिल्ली र लखनउ खेल्दै, राहुल र ऋषभको चर्चा

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

March 24, 2025

जर्मनी पहिलो पटक सेमिफाइनलमा

एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]

Success

Thank you for your time.