8 years ago
June 7, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाका लागि भौतिक पूर्वाधार निर्माणका लागि ठोस कदम चलि नसकेपनि त्यसमा २८ खेल समावेश गर्ने प्रस्ताव गरिएको छ । भुटानको राजधानी थिम्पुमा मंगलबार सुरु दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले सन् २०१९ मा हुने १३ औं सागमा २८ खेल राख्ने प्रस्ताव पारित गरेको छ ।
यद्दपी त्यसको अन्तिम निर्णय सेप्टेम्बरमा तुर्कीमितिस्तानमा आयोजना हुने एसियाली मार्सल आट्स इन्डोर खेलकुदका दौरान लिनेछ । आन्तरिक विवाद यथावत रहेकै अवस्थामा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा एनओसी टोली सोमबार भुटान पुगेको थियो ।
एनसओसीको बैठकमा श्रेष्ठले बैठकमा २३ खेलको प्रस्ताव गरेका थिए । तर श्रेष्ठकै अध्यक्षतामा बसेको बैठकले २८ खेलको प्रस्ताव राखिएको एनओसीले जनाएको छ । सोही बैठकमा यसअघि सहभागी अफगानिस्तानले अब भाग नलिने घोषण गरिएको थियो ।
सन् १९८४ मा नेपालमा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना गर्दै हरेक दुई बर्षमा साग आयोजना गर्ने निर्णय गरिएको थियो । तर भारत र पाकिस्तानको विवाद र अन्य कारणले साग बारम्बार प्रभावित हुँदै आएको थियो । यसपटक नेपालले आयोजना आन्तरिक विवाद यथावत छ नै त्यो बाहेक नेपालले सागका लागि भौतिक पूर्वाधार निर्माण पनि सुरु गरेको छैन ।
साग यसका सहभागी राष्ट्रले पालै पालो आयोजनाको परम्परा छ । त्यहि अनुसार १३ औं सागको जिम्मेवारी नेपालले दुई बर्षअघि नै पाएको थियो । तर, केही महिनाअघि नेपालमा बसेको एनएओसीको बैठकले २०१९ मा साग आयोजना गर्ने निर्णय लिएको थियो । सागको १४औं संस्करणको आयोजक छनोट पनि माल्दिभ्समा हुने एसएओसीको आगामी बैठकले गर्ने निर्णय बताइएको छ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]