default_image

8 years ago

June 5, 2017

प्रतिभा, अरुणा र कृपालाई प्रतिष्ठानको छात्रबृति

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले तीन जना महिला खेलाडीलाई छात्रबृति स्वरुप नगद प्रदान गरेको छ । प्रतिष्ठानको आयोजनामा केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुने एक दिन अघि सोमबार खेलाडीलाई नगद वितरण गरेको हो । छात्रबृति पाउनेमा प्रतिभा माली, अरुणा शाही र कृपा अधिकारी छन् ।

क्राउन प्लाजा होटलमा महिला प्रतियोगिताअन्तर्गत टेक्निकल मिटिङका दौरान प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, आइएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले खेलाडीहरुलाई छात्रवृत्ति रकम हस्तान्तरण गरे ।

प्रतिभा माली र अरुणा शाहीलाई गत आर्थिक वर्षदेखि २ वर्षका लागि र कृपालाई यो आर्थिक बर्षदेखि २ बर्षका लागि छात्रबृति दिइएको प्रतिष्ठानले जनाएको छ । उनीहरुले मासिक २ हजार रुपैयाँ पाएका छन् ।

यसैबीच, टेक्निकल मिटिङले नेपाल भलिबल संघका सचिव जगदिश भट्टको संयोजकत्वमा तीन सदस्यीय जुरी कमिटी गठन गरिएको छ । कमिटीको सदस्यमा संघकी कोषाध्यक्ष सुनकेसरी माली र अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेट चन्द्रबदना राई छन् । यस्तै विधागत उत्कृष्ट खेलाडी चयनका लागि भीआईएसमा अर्जुन घिमिरे र प्रज्वलबहादुर सिंहलाई चयन गरिउको छ ।

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा पुलिसले मधेशलाई २ सय ८९ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४९.५ ओभरमा २ सय ८८ रनको योगफलमा समेटियो […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले आर्मीलाई २ सय ३१ रनको लक्ष्य दिएका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको कोशी ४९.३ ओभरमा २ सय ३० रनको योगफलमा समेटियो । कोशीका […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

Success

Thank you for your time.