8 years ago
June 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भलिबल खेलाडी कल्याण कोषका लागि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले १० लाख रुपैयाँ प्रदान गरेका छन् । सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको उपलक्ष्यमा सरकारलाई धन्यवाद र कृतज्ञताज्ञापनका लागि बुधबार साझ संघले शंकर होटलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष शर्माले १० लाख रुपैयाँको कोषाध्यक्ष सुनकेशरी मालीलाई चेक हस्तान्तरण गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीलाई कदरपत्र हस्तान्चरण गर्दै नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा (दायाँ)।
शर्मा गत बर्ष भलिबल संघको अध्यक्ष निर्वाचित भएका थिए । कार्यक्रमका मुख्य अतिथि रहेका युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले पनि मन्त्रालयकातर्फबाट १० लाख रुपैयाँ खेलाडी कल्याण कोषमा थप्ने वचन दिएका दिएका छन् । सरकारले जेठ ८ को मन्त्री परिषद्को बैठकबाट भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो ।
भलिबललाई राष्ट्रिय खेल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संघका अध्यक्ष शर्माले मन्त्री श्रीपाली, राष्ट्रिय योजना आयोगका सदस्य कृपा सिन्धु प्रदान, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट र युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई कदरपत्र प्रदान गरेका थिए ।
मन्त्री श्रीपालीले पुष्पकमल दाहाल प्रधानमन्त्री भएकै कारण भलिबल राष्ट्रिय खेल घोषणा भएको बताए । उनले भने,‘ पुष्पकमल दाहाल प्रधानमन्त्री यो घोषण नहुन पनि सक्थ्यो । त्यसमा मुख्य भुमिका उहाँकै छ । अन्यको भूमिका त्यसपछि मात्र आउँछ । ’ उनले भलिबल विकासका लागि बजेट अभाव नहुनेमा आश्वस्त पार्न प्रयास गरे ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रसादले खेलकुदको बजेट अपेक्षा गरेभन्दा कम आउनु दुःखत भएपनि स्थानियस्तरका लागि खेलकुदको बजेट अलग्गै विनियोजन गरेको निराश हुन नपर्नेमा जोड दिए ।
राखेप सदस्य सचिव विष्टले जेठ ८ गते नेपाली खेलकुदको इतिहासमा महत्वपूर्ण दिन भएको उल्लेख गर्दै भने, ‘जेठ ८ लाई भलिबल खेल दिवसको रुपमा मनाउ । त्यो दिन देशभर भलिबल खेललाई उत्सवका रुपमा मनाउ । त्यसदिन देशभर बालबालिका भलिबल खेल्न प्ररित गरौं । सम्भव भएसम्म साना ठूला प्रतियोगिता आयोजना गरौं ।’ भलिबल विकासका लागि आफु पदमा रहँदा वा नरहँदा पनि सहयोगको लागि सधै तत्पर रहने विश्वास दिलाए ।
मन्त्रालयका सचिव दाहालले भलिबल राष्ट्रिय खेल घोषणा हुनुमा सबैभन्दा मुख्य भूमिका त्यसका खेलाडीको रहेको बताए । उनले भने, ‘यहाँ कसैले जस लिनुपर्ने छैन । मैले सामाजिक सञ्जालमा अनेक टिप्पणी पनि देखे । तर यसको मुख्य श्रेय खेलाडीलाई नै जान्छ ।’ भलिबल राष्ट्रिय खेल घोषणा हुनुअघिको प्रसंग स्मरण गर्दै उनले थपे, ‘ दुई बर्षअघिको प्रतिवेदन फेला पारेको भोली पल्ट मन्त्रालयले मन्त्रीपरिषद्मा प्रस्ताव लगेको थियो । ’
उनले राष्ट्रिय खेल घोषणा भएपछि अन्य संघभन्दा खेल, व्यवस्थापन र अन्य हिसाबले पनि अलग देखिनु पर्नेमा जोड दिए । दाहालले संघलाई दीर्घकालिन योजना तयार पार्न आग्रह गर्दै सरकार त्यसमा सहयोगका लागि तयार रहने जानकारी दिए । उनले थपे, ‘भलिबल विकासमा काम गर्ने र योजना बनाउने संघले नै हो । सरकारले भौतिक पूर्वाधार निर्माण र नीति निर्माणमा सहयोग गर्नेछ । ’
संघका अध्यक्ष शर्माले भलिबलाई राष्ट्रिय खेल घोषणा गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । संघका महासचिव जीतेन्द्रबहादुर चन्दले राष्ट्रिय खेल घोषणापछि संघको चुनौति थप भएको उल्लेख गर्दै भने, ‘हामीसँग श्रोत साधान केही छैन । यस्तोमा सरकारको सहयोग महत्वपूर्ण हुन्छ । भलिबलको कार्यालय सञ्चालनका लागि पनि कम्तीमा ५ कर्मचारी र २४ लाख रुपैयाँ आवश्यक पर्नेछ ।’
क्रिकेट र फुटबल अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेर फाइदा उठाएको प्रसंग कोट्याउँदै भने, ‘अब हामी पनि भलिबल विकासका लागि एसियाली भलिबल महासंघको कार्यक्रम नेपालमा आयोजना गर्ने प्रयास गर्नेछौं, त्यसका लागि भौतिक पूर्वाधार निर्माण आवश्यक पर्दछ । त्यसमा सरकारको सहयोग आवश्यक पर्दछ । ’ महासचिव चन्दले खेलाडी उत्पादका लागि जिल्ला, क्षेत्र र विद्यालयको भूमिका महत्वपूर्ण हुने चर्चा गरे । सोही अवसरमा प्रधानमन्त्री दाहाललको शुभकामना सन्देश सुनाइएको थियो ।
नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालाई बधाई दिदै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, उपाध्यक्ष दीपक थापा (बायाँ) । साथमा क्राउन प्लाजाका मेनेजिङ डाइरेक्टर युवराज श्रेष्ठ ।
एनओसी अध्यक्ष श्रेष्ठ कार्यक्रम सुरु नहुँदै निस्किए
खेलकुदमन्त्री दलजीत श्रीपालीले सर्वोच्च अदालतले अवैधानिक घोषणा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठसँग एउटै मञ्चमा बस्न नमिल्ने बताएपछि कार्यक्रम निर्धारित समयभन्दा ढिलाई सुरु भएको थियो ।
भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको खुसीयालीमा धन्यवादज्ञापनका आयोजित कार्यक्रममा मन्त्री श्रीपाली मुख्य अतिथिका रुपमा उपस्थित थिए । संघले अतिथिको रुपमा एनओसी अध्यक्ष श्रेष्ष्ठलाई पनि निमन्त्रणा गरेको थियो ।
तर, कार्यक्रम सुरु हुनुअघि मन्त्री श्रीपालीले सर्वोच्चको निर्णयका कारण श्रेष्ठसँग एउटै मञ्चसँग बस्न नमिल्ने आयोजक संघका पदाधिकारी बताएका थिए । त्यो विषयलाई संघका पदाधिकारीले श्रेष्ठलाई सुनाएपछि उनी कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।
‘मन्त्रीज्यूले जाने बेलामा किन विवादमा पर्ने काम गर्ने भन्दै हामीसँग भन्नुभयो । हामीले त्यो अप्ठेरोलाई श्रेष्ठलाई भन्यौ ,’ एक पदाधिकारीले भने, ‘हामीले खुसियालीमा सामेल हुन सबैलाई मन्त्री ज्यू र एनओसी अध्यक्षलाई बोलाएका हौैं । तर, समस्या उत्पन्न भएपनि दुवैले स्थितिलाई सहज बनाउन भूमिका खेल्नुभयो । कार्यक्रममा रहेपनि मञ्चमा श्रेष्ठ जीलाई नराख्न मन्त्री ज्यूको आग्रह थियो । त्यहि विषय श्रेष्ठलाई भन्दा उहाँले तपाईहरुको निमन्त्रणाका कारण आएको हु, मलाई केही समस्या छैन भन्नुभयो । सायद कार्यक्रम अघि बढोस् भन्ने नियतका साथ उहाँ बाहिरिनुभयो ।’
२०६७ असोजमा रुक्म शम्सेर राणा अध्यक्ष रहेको एनओसीलाई सर्वोच्चले मान्यता दिएयता नेपालमा दोहोरो एनओसी अस्तित्वमा छ । श्रेष्ठ नेतृत्वको एनओसीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]