7 years ago
May 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले भावी कार्ययोजना र कार्य विवरण सार्बजनिक गरेको छ । संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै भावी कार्ययोजना र पछिल्लो कार्यविवरण पेश गरेको थियो । कार्ययोजना अन्तर्गत संघले असारमा वीर गणेशमान स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता आयोजना गर्ने बताएको छ ।
संघले साउनमा स्कुल बक्सिङ प्रशिक्षण कोर्स र युथ बक्सिङ कलेज कोर्स गर्ने बताएको छ भने असोजमा पोखरामा राष्ट्रिय युथ च्याम्पियनसिप आयोजना गर्ने संघका अध्यक्ष राम अवालेले जानकारी गराए । वार्षिक कार्यक्रम अनुसार कात्तिकमा बुढानिलकण्ठ र चैतमा झापामा खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता हुनेछ । संघले सन् २०१८ भित्र आफ्नै एकेडेमी बनाउने कार्य सुरु गर्ने जनाएको छ । जसअन्तर्गत कोचेज तथा रेफ्री ट्रेनिङ भावि कार्यक्रममा समावेश गरेको छ । त्यस्तै नेपालले थाईल्याण्ड, भियतनाम र भारतमा तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छ । जस अनुसार थाइल्यान्डमा जुलाइ १ मा युथ बक्सिङ, भियतनामा नोभेम्बरमा एसियन इलाइट बक्सिङ च्याम्पियनसिपमा सहभागी हुनेछ भने मित्रराष्ट्र भारतमा सेप्टेम्बरमा इन्डो नेपाल बक्सिङ च्याम्पियनसिपमा नेपालको सहभागिता रहनेछ ।
संघको प्रगति विवरणमा अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागिताका दौरान नेपाललाई उज्बेकिस्तान बक्सिङ फेडेरेसनको समन्वयनमा लाखौँ मुल्य बराबरको बक्सिङ सामाग्री आउने संघका अध्यक्ष अवालेले बताए । गतवर्ष संघले राष्ट्रिय रेफ्री तथा जर्ज रिफ्रेसर, चौथो राष्ट्रिय खुल्ला महिला र पुरुष बक्सिङ तथा प्रथम नोविस च्याम्पियनसिप लगायत कार्यक्रम सम्पन्न गरेको जनाएको छ । जसमा आइबा आइटिओ कोर्ष, आइबा युथ च्याम्पियनसिप, आइबा कंग्रेस, थाइल्यान्ड बक्सिङ च्याम्पियनसिप र एसियन बक्सिङ च्याम्पियनसिप लगायत अन्तर्राष्ट्रिय गतिविधिमा सहभागिता जनाएको संघका अध्यक्ष राम अवालेले उल्लेख गरे ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव केशव कुमार विष्टले संघलाई छिटृै वैधानिक बाटोतर्फ डोर्याउने जनाएको छ । उनले भने केही सामान्य कानुन अड्चन भएपनि परिषद्ले छिटृै वैधानिक पाउनेछ । सदस्यसचिव विष्टले १३ औँ साग र एसियाडका लागि पुर्ण रुपमा तयारी गर्न निर्देशन दिदैँ आवश्यक सहयोगका लागि राखेप सधै तयार रहेको विश्वास ब्यक्त गरे ।
November 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागीताका लागि नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिट काठमाडौं आइपुगेका छन् । एनपीएलमा काठमाडौं गुर्खाजमा अनुबन्ध लेभिट आईतवार विहान नेपाल आइपुगेको टोलीले आफ्नो सामाजिक संजालमार्फत जनाएको छ । नेपाल आइपुग्ने लेभिट काठमाडौंका पहिलो विदेशी खेलाडी हुन् । लेभिटका अलावा काठमाडौंले नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस तथा इंग्लिस क्रिकेटरहरु […]
November 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गल्फको व्यावसायिक टुर सूर्य नेपाल गल्फ टुर २०२४-२५ सोमबारदेखि सुरु हॅुदैछ । गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल सेन्ट्रल ओपनसॅगै नयॅा सिजन सुरुवात हुने भएको हो । ४ दिन चल्ने प्रतियोगितामा ३३ जना व्यावसायिक र करिब १२ जना एमेच्योर सहभागिता रहने अपेक्षा गरिएको छ । शीर्ष २१ प्रो र ६ एमेच्योरले मात्र […]
November 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागिय टोली त्रिभुवन आर्मी क्लबका अपोजिट स्पाइकर धनबहादुर भट्टले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ खेल्ने भएका छन् । यसै महिना नेपालमा हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको लागि हेल्प नेपालले धनबहादुरलाई टोलीमा भित्र्याएको आफ्नो सामजिक सन्जालमार्फत आइतवार जानकारी दिएको छ । […]