8 years ago
May 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरि युवा तथा खेलकुद मन्त्रालयका लागि बजेट विनियोजन गरेको छ । उप प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा आगामी आर्थिक बर्ष २०७४/०७५ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेका छन् । यो चालु आर्थिक बर्षको भन्दा १६ करोड रुपैयाँ कम हो ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सोमबार व्यवस्थापिका संसदमा आगामी आर्थिक बर्ष २०७४/०७५ को बजेट प्रस्तुत गर्दै । तस्बिर – रिपब्लिका
चालु आर्थिक बर्षका लागि अघिल्लो सरकारले २ अर्ब ४० करोड भन्दा बढी विनियोजन गरेको थियो । त्यस्तै गत बर्ष सातौं राष्ट्रिय खेलकुदका लागि २० करोड रुपैयाँ विनियोजन भएको थियो । गत बर्ष चालु खर्चतर्फ २ अर्ब २० करोड २४ लाख ६५ हजार छुट्टाएको सरकारले पुजिँगत खर्चतर्फ १९ करोड ७९ लाख ६३ हजार रुपैयाँ विनियोजन गरेको छ ।
महराले मुलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणलाई प्राथमिकतामा राखिने र देशका विभिन्न ८ स्थानमा निर्माणाधिन मैदानलाई निरन्तरता दिने बताएका छन् । सरकारले गत बर्षको बजेटमा तीन बर्ष भित्र मूलपानी, भैरहवा र धनगढीमा क्रिकेट मैदान निर्माणको कार्य सम्पन्न गर्ने उल्लेख गरेको थियो । त्यस्तै डडेलधुरा, बैतडी,धनुषा, मोरङ, दाङ, सुर्खेत र पर्सामा नयाँ क्रिकेट मैदान निर्माणको काम सुरु गर्ने जनाएको थियो ।
सरकारले लोकप्रिय खेल फुटबल र क्रिकेटलाई व्यवसायिक बनाउने तथा राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै अन्तर्राष्ट्रिय सहभागिताका लागि पे्ररित गर्ने बताएका छन् । त्यस्तै महराले सोमबारको बजेटमार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत भौतिक पूर्वाधार निर्माण र युवा परिषद्का केही कार्यक्रमलाई स्थानिय तहमै पठाइने बताएका छन् । खेलकुद विकासका लागि स्थानिय तहमा हुने प्रतियोगिता हस्तान्तरण गरिने पनि अर्थमन्त्री महराले बजेट भाषणका क्रममा बताएका छन् ।
राखेप सदस्य सचिव केशवकुमार विष्टले अहिलेको बजेटलाई पुरानै कार्यक्रमको निरन्तरताका रुपमा मात्र लिनु पर्ने बताएका छन् । ‘निर्वाचनका कारण दलिय सहमतिका आधारमा नयाँ कार्यक्रम बजेटमा नल्याउने सहमति भएअनुरुप बजेट आएको छ,’ उनले भने,‘ त्यसैले यो बजेटमा उत्साहित वा निराश हुन आवश्यक छैन । यो स्वभाविक बजेट हो ।’
सदस्य सचिव विष्टले निर्वाचन पछि आउने पुरक बजेटले खेलकुदका माग सम्बोधन हुने विश्वास पनि व्यक्त गरे । ‘हामीले खेलकुदका लागि मात्र ४ अर्ब ७० करोड रुपैयाँ माग गरेका थियौं,’ उनले थपे,‘हामीले थ्रुपै नयाँ कार्यक्रम जसमा भौतिक पूर्वाधार निर्माण र प्रतियोगिताका लागि बजेट माग गरेका थियौं । पुरक बजेटमा खेलकुदको माग पुरा हुनेमा हामी विश्वस्त छौं ।’
राखेपले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाका लागि भौतिक पूर्वाधार निर्माण, विभिन्न खेलका उपराष्ट्रपति कप, भलिबलको राष्ट्रिय प्रतियोगिता, जेष्ठ र महिला नागरिकका लागि खेलकुद, राष्ट्रिय च्याम्पियनसिप लगायत धेरै नयाँ कार्यक्रमका लागि बजेट माग गरिएको विष्टले स्मरण गरे ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]