8 years ago
May 29, 2017
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डको बैंककमा हुने एसभिसी युथ बक्सिङ च्याम्पियनसिपका लागि तीन खेलाडी छनोट भएका छन् । छनोट हुनेमा नक्सालका मिङमार ग्याल्जेन शेर्पा, झापाका सुरेन्द्र राई र काठमाडौंका विशाल श्रेष्ठ छन् ।
च्याम्पियनसिप असार १७ देखि २३ गते सम्म हुने नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जानकारी दिएका छन् ।
त्रिपुरेश्वरको दशरथ रंगशालास्थित केन्द्रिय प्रशिक्षण केन्द्रमा सोमबार भएको छनोटअन्तर्गत ५२ केजी तौल समूहमा ग्याल्जेनले पाल्पाका सन्देश श्रेष्ठलाई टेक्निकल नकआउटका आधारमा हराउँदै बैंकक यात्रा पक्का गरे ।
सुरेन्द्रले ५६ केजी तौल समूहमा बोसी गाउँका राजिव रोकालाई अंकका आधारमा हराए । ७५ केजी तौल समूहमा छनोट भएका विशाल काठमाडौँ युथ बक्सिङ ग्रुपका खेलाडी हुन् ।
बक्सिङ संघका आयोजना भएको छनोटमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का नवनियुक्त सदस्य अर्जुन बहादुर केसी, संघका अध्यक्ष राम अवाले लगायत पदाधिकारीको उपस्थिति थियो ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्जुन कुलुङ राईले मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौं संस्करण जितेका छन् । मञ्जुश्री ट्रलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा २९ मिनेट २५ सकेन्ड समयमा पूरा गर्दै उपाधि जिते । नेपालकै मिलन कुलुङ राईले २८ घन्टा १५ मिनेट २५.३ सकेन्ड समय खर्चेर दोस्रो भए । शेर थारु ( […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]