8 years ago
May 29, 2017
काठमाडौं (हाम्रो खेलकुद)– शिवम् सिमेन्ट प्रायोजकका रुपमा खेलकुदसँग जोडिएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा अर्को साता सुरु हुने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सहप्रायोजकका रुपमा शिवम सिमेन्ट खेलकुदमा प्रवेश गरेको हो । राजधानीमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का र शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र कुमार गोयलले सह प्रायोजन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता कार्यक्रममा बायाँबाट क्रमश – भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्रकुमार गोयल, प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र संघकी कोषाध्यक्ष सुनकेशरी माली ।
सह प्रायोजक वापत शिवम् सिमेन्टले स्मृति प्रतिष्ठानलाई ३ लाख रुपैयाँ उपलब्ध गराउनेछ । अध्यक्ष गोयलले भलिबल नेपालको राष्ट्रिय खेलकुद घोषणा भएकोमा खुसी व्यक्त गर्दै भलिबलसँग आफ्नो व्यापारिक प्रतिष्ठान जोडिन पाउँदा खुसी लागेको बताए ।
उनले भने,‘ हामीले पहिलो पटक खेलकुदमा लगानी गरेका छौं । यो फाइदा हेरेर मात्र गरेका होइनौं । राष्ट्रिय खेल घोषणा हुनु र अहिले महिला भलिबललाई प्रायोजन गर्न पाउनु एउटा संयोग हो ।’
नेपाल भलिबल संघका उपाध्यक्ष समेत रहेका प्रतिष्ठानका अध्यक्ष खड्काले शिवम् सिमेन्टलाई सह प्रायोजनका लागि धन्यवाद दिए । संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबलले राष्ट्रिय खेलका रुपमा मान्यता प्राप्त गरेपछि जिम्मेवारी थपिएको चर्चा गरे ।
संघका महासचिव जितेन्द्रबहादुर चन्दले पछिल्लो समय भलिबलका लागि निकै सुखद रहेको बताए । लिगकम नकाउटका आधारमा जेठ २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा नेपाल एपिएफ क्लब, न्यु डायमन्ड, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका ६ टोलीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५० हजार, दोस्रो हुने टोलीले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा केएनपी सर्वोकृष्ट खेलाडीलाई एयर एसियाले काठमाडौं मलेसिया–काठमाडौंको आउने जाने हवाई टिकट प्रदान गर्नेछ ।
शेरबहादुर खड्का स्पेशल अवार्डबाट एक जना खेलाडी १० हजार रुपैयाँ सहित सम्मानित हुनेछन् । उत्कृष्ट प्रशिक्षक हुनेले माउन्टेन फ्लाईटको टिकट प्राप्त गर्नेछन् । बेस्ट स्पाइकर, बेस्ट क्वीकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्स र बेस्ट सर्भरले जनही ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
राइजिङ प्लेयरबाट ३ हजार रुपैयाँसहित एक प्रतिभावान खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ । महिला भलिबललाई यसअघि नै बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापान प्रालिले मुख्य प्रायोजन गरिसकेको छ ।
सम्झौता कार्यक्रममा बायाँबाट क्रमश – भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, अध्यक्ष मनोरञ्जनरमण शर्मा, शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्रकुमार गोयल, प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र संघकी कोषाध्यक्ष सुनकेशरी माली ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]