default_image

8 years ago

May 27, 2017

महिला भलिबललाई केएनपीको साथ

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिताले बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापान प्रालिको साथ पाएको छ । मुख्य प्रायोजकको लागि प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापान प्रालिका कन्ट्री डाइरेक्टर मनोज मिश्रले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रतियोगिताको नाम ‘केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता’को नामबाट सञ्चालन हुनेछ । मुख्य प्रायोजन गरेबापत कम्पनीले आयोजकलाई नगद पाँच लाख उपलब्ध गराउने छ । कन्ट्री डाइरेक्टर मिश्रले भलिबल खेल नेपालको राष्ट्रिय खेल भएकोमा बधाई दिदैं आगामी दिनमा पनि भलिबललाई प्राथामिकता दिने प्रतिवद्धता जनाए । यस्तै प्रतियोगिताको सह–प्रायोजकका रुपमा शिवम् सिमेन्ट रहेको छ प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन क्वायरटुफ म्याट्रेस्ले गरेको छ ।

प्रतियोगिताका विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ । त्यस्तै प्रतियोगितामा केएनपी सर्वोकृष्ट खेलाडीलाई एयर एसियाले काठमाडौं मलेसिया–काठमाडौंको आउने जाने हवाई टिकट प्रदान गर्नेछन् ।

शेरबहादुर खड्का स्पेशल अवार्डबाट एक जना खेलाडी नगद १० हजारसहित सम्मानित हुनेछन् । उत्कृष्ट प्रशिक्षक हुनेले माउन्टेन फ्लाईटको टिकट प्रदान गरिनेछ । बेस्ट स्पाइकर, बेस्ट क्वीकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्स र बेस्ट सर्भरले जनही तीन हजार रुपैयाँसहित आर्कषक ट्रफी प्राप्त गर्नेछन् । राइजिङ प्लेयरबाट तीन हजार रुपैयाँसहित एक प्रतिभावान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

लिगकम नकाउटका आधारमा जेठ २३ देखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल एपिएफ क्लब, न्यु डायमन्ड, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका ६ टोलीको सहभागिता रहने छ ।

March 16, 2025

पिएम कप – विपिनको ६ विकेटमा कोशीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेशले आज प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा लज्जास्पद हार बेहोरेको छ। जारी पिएम कपमा पहिलो जित निकाल्ने क्रममा कोशी प्रदेशले गण्डकीलाई ९ विकेटले पराजित गर्यो । ३२ रनको झिनो लक्ष्य कोशीले ८.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । कोशीका लागि सकिब हकले नट आउट रहँदै २२ बलमा […]

March 16, 2025

गण्डकीको लज्जास्पद योगफल

काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लज्जास्पद ब्याटिङ गरेको छ । कोशीविरुद्धको जारी खेलमा गण्डकी ३१ रनमा अल आउट भएको हो । भैरहवाको एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ रोजेको गण्डकी २०.४ ओभरमा अल आउट भएको‌ हो । यो पिएम कपको इतिहासमा पहिलो इनिङमा बनेको सर्वाधिक कम योगफल हो । यसअघि […]

March 16, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको सहज जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि पहिलो टि ट्वान्टी आईमा आइतवार ९ विकेटको सहज जित हासिल गरेको छ । ९२ रनको झिनो लक्ष्य न्युजिल्याण्डले १०.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डका लागि टिम साइफर्टले २९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन जोडे । फिन एलेन १७ बलमा २ चौका र […]

Success

Thank you for your time.