8 years ago
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको उपलक्ष्यमा पुरानो नैकापस्थित न्यु डायमन्ड एकेडेमीले दीपावली गरेको छ ।
विद्यालय प्रांगणमा गरिएको दीपावली कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, कोषाध्यक्ष सुनकेशरी माली, भलिबल प्रशिक्षक कुमार राई र न्यु डायमन्ड एकेडेमीका खेलाडीको उपस्थिति रहेको थियो ।
न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपल तथा भलिबल प्रशिक्षक कुमार राईले लामो समयदेखि भलिबलमा संलग्न रहँदै आएको अवस्थामा भलिबललाई सरकारले राष्ट्रिय खेल घोषणा गरेर सम्पूर्ण भलिबलप्रेमीलाई खुसी तुल्याएको बताए ।
नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले राष्ट्रिय खेलको घोषणासँगै नयाँ चुनौती पनि थपिएकाले भलिबललाई नयाँ सिराबाट अगाडि बढाउन संघ लागिपर्ने बताए । संघका महासचिव जितेन्द्रबहादुर चन्दले भलिबललाई राष्ट्रिय खेल घोषणा गर्न लामो समयदेखि पहल गर्दै आएको जनाउँदै सबैको प्रयासबाट राष्ट्रले औपचारिक रुपमा राष्ट्रिय खेल पाएको बताए ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]