8 years ago
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रवेश पण्डितले भारतमा सम्पन्न आमन्त्रण तेक्वान्दोमा स्वर्ण पदकसहित दुई पदक जितेका छन् । ४५ केजी तौल समूहमा स्वर्ण जितेका प्रवेशले पुम्सेमा रजत पदक जितेका छनु । उनी प्रतियोगिताको वेस्ट फाइटर समेत घोषित भए ।
भारतको अमृतसहरमा भएको प्रतियोगितामा दीपेन्द्रबहादुर नेपालले पनि स्वर्णसहित दुई पटक जिते । ६३ केजी तौलसमुहमा स्वर्ण जितेका उनले पुम्सेमा कास्य पदक प्राप्त गरे । सब्बीर जंग रावलले फाइटतर्फको ४० केजी तौल समुहमा र पुम्से दुवैमा स्वर्ण पदक प्राप्त गरे ।
त्यस्तै फाइटतर्फ ६८ केजी तौलमा रहीस खान र ५२ केजीमा अब्बास खानले स्वर्ण जिते । अब्बासले पुम्सेतर्फ पनि स्वर्ण जितेको थिए । फाइटको ४८ केजीमा मोहम्मद उमर खानले स्वर्ण जित्दा पुम्सेतर्फ रजत पदक जिते । फाइटतर्फकै ३६ केजीमा स्वर्ण पदक जितेका आशिष सुवेदीले पुम्सेमा रजत हात पारे ।
फाइटको ५८ केजीमा सागर तामाङले रजत तथा सितल पर्जाले ५१ केजीमा फाइट र पुम्से दुवैमा रजत पदक जित्न सफल भए । फाइटतर्फ ३२ केजीमा उस्मान कार्की र २८ केजी तौलसमुहमा प्रतिक पाठकले रजत पदक जित्न सफल भए । उस्मान र प्रतिकले पुम्सेमा पनि कास्य पदक जितेको थिए ।
यसअघि पुम्सेमा मात्र सहभागीता जनाएका मोहम्मद कलिमुल्लाह मियाँले स्वर्ण जितेका थिए । चितवन जिल्ला तेक्वान्दो कार्यसमितिका उपाध्यक्ष समेत रहेका रोशन खानको प्रमुख प्रशिक्षण रहेको नेपाली तेक्वान्दो टोलीले पुम्सेमा ४ स्वर्ण,३ रजत र २ कास्य पदक तथा फाइटमा ७ स्वर्ण र ४ रजत पदक जितेको थियो ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]