8 years ago
May 22, 2017
काठमाडौं (हाम्रो खेलकुद)– स्थानिय निर्वाचनका कारण केही मथ्थर देखिएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद फेरी अदालतमा पुगेको छ । जीवन राम श्रेष्ठले नेतृत्व गरेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) को मान्यता प्राप्त एनओसीले अन्तरिम आदेशको माग गर्दै दायर गरेको मुद्दामा सर्वोच्च अदालतले यथास्थितीमा राखी विवादित दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीका पदाधिकारी सोमबार आयोजित पत्रकार सम्मेलनमा दायाँबाट क्रमश: महासचिव लामा टेन्डी शेर्पा, अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष धिरेन्द्र प्रधान र उपाध्यक्ष ज्योति राणा ।
सर्वोच्चले २०६७ मा गरेको एनओसीको वैद्यानिकता फैसलालाई गृह मन्त्रालयमार्फत कार्यान्वयन गर्दा पछिल्लो पटक विवाद सृजना भएको थियो । २०६७ मा सर्वोच्चले रुक्म शम्सेर राणाले नेतृत्व गरेको एनओसी वैधानिक भएको फैसला गरेको थियो ।
त्यहि फैसला कार्यान्वय निर्देशनालयको आदेश कार्यान्वय गर्न गृह मन्त्रालयलाई लेखेको पत्र र सो सँग सम्बन्धित जिल्ला प्रशासन कार्यालय ललितपुरबाट जारी पत्रलाई यथास्थितिमा राख्न श्रेष्ठले दिएको निवेदनका आधारमा सर्वोच्चका न्यायाधिश सारदाप्रसाद घिमिरेले दुवै पक्षलाई छलफलका लागि डाक्न आइतबार आदेश दिएका हुन् ।
श्रेष्ठले गृहमन्त्रालयसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेका थिए । अन्तरिम आदेश जारी गर्नु पर्ने वा नपर्ने विषयमा छलफल गर्न सर्वोच्चले दुवै पक्षलाई जेठ १४ गतेलाई बोलाएको छ । ललितपुर जिप्रकाको पहलमा माघ ११ देखि राणा पक्षले एनओसी भोगचलन गर्दै आएको छ ।
आइओसी र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले आफुहरुको मान्यता श्रेष्ठले नेतृत्व गरेको एनओसीलाई रहेको प्रष्ट पार्दा पनि राणा पक्षले सातदोबाटोस्थित एनओसी भवन छाडेको छैन । श्रेष्ठपक्षले गृह मन्त्रालयको पत्रका कारण राणा पक्षले एनओसी कब्जा गरेको आरोप लगाउँदै श्रेष्ठले पक्षले त्यसले नेपालको ओलम्पिक मुभमेन्टमा समेत असर परिरहेको जिकिर गर्दै आएको छ ।
श्रेष्ठले पक्षले यो विवाद जारी रहे नेपालले दुई बर्षपछि आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पनि प्रभावित हुने बताउँदै आएको छ । एनओसी अध्यक्ष श्रेष्ठले सर्वोच्चको पछिल्लो आदेश खेलाडीको पक्षमा रहेको जनाउँदै सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने,‘ अब साग तयारीका लागि काम गर्न बाटो खुलेको छ । यो आदेशलाई पनि सम्बन्धित निकायले नै कार्यान्वय गर्नेछ भन्नेमा हामी विश्वस्त छौं । ’
यस्तो छ सर्वोच्चको आदेश –
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]