8 years ago
May 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा केएनपी जापान राष्ट्रिय महिला भलिबल जेठको तेस्रो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बिशेष सहयोग तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा जेठ २३ देखि २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
नेपाल भलिबल संंघका उपाध्यक्ष समेत रहेका खड्काले अघिल्लो संंस्करणको तुलनामा यस संस्करणमा नगद पुरस्कारको राशि दोब्बर बनाएको जनाए । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले महिला भलिबलको विकासका लागि प्रतिष्ठानले थालेको अभियान सराहनीय रहेको बताए ।
संघका महासचिव जितेन्द्रबहादुर चन्दले प्रतियोगिताको सफलताको शुभकामना दिंदै पछिल्लो समय नेपाली भलिबलले प्राप्त गरेको सफलताले खेलकुद क्षेत्रलाई तरंगित गरेको बताए । लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, उपविजेता न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने छ ।
प्रतियोगिताका विजेताले एक लाख ५० हजार दास्रो हुनेले ७५ हजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । बहुराष्ट्रिय रंग कम्पनी केएनपी जापान प्रालिको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिताका खेलाडीलाई प्रोत्साहन गर्न विभिन्न ब्यक्तिगत पुरस्कार पनि राखिएका छन् ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई केएनपी जापान सर्वोकृष्ट खेलाडीको उपाधिबाट पुरस्कृत गरिने भएको छ । सर्वोकृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथै काठमाडौं मलेसिया, काठमाडौंको आतेजाते हवाई टिकट प्राप्त गर्ने छन् । उक्त टिकट एयर एशियाबाट प्रायोजन हुने अध्यक्ष खड्काले जानकारी दिए ।
त्यस्तै केएनपी जापान बेस्ट स्पाइकर, केएनपी जापान बेस्ट क्वीकर, केएनपी जापान बेस्ट सेटर, केएनपी जापान बेस्ट ब्लकर, केएनपी जापान बेस्ट डिफेन्स र केएनपी जापान बेस्ट सर्भर पनि पुरस्कृत गरिने छ । उत्कृष्ट हुने सबै खेलाडीले जनही ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने भएको छ ।
टोलीले पाएको सफलता, खेलाडीको स्तर र प्रदर्शनका आधारमा फाइनल पुग्ने दुई टोलीबाट एकलाई ३ हजार रुपैयाँसहित बुद्ध एयर बेस्ट प्रशिक्षकको उपाधिबाट पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ । यस्तै केएनपी जापान राइजिङ प्लेयरबाट ३ हजार रुपैयाँसहित एक प्रतिभावान खेलाडी पुरस्कृत हुने छन् । यसैगरी तेस्रो संस्करणमा शेरवहादुर खड्का स्पेशल अवार्डबाट एक खेलाडीलाई सम्मान गर्ने अध्यक्ष खड्काले जानकारी दिए ।
खेलाडीले आर्कषक ट्रफीसहित नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्रिपुरेश्वरस्थित परिषद्को कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा झन्डै १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी माली,बिद्यालय भलिबल कमिसनका उपाध्यक्ष एवंम् न्युडायमण्डका प्रशिक्षक कुमार राई,बागमती सफाई अभियनका हेमराज कार्की लगायतको उपस्थिति रहेको थियो ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]