8 years ago
May 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – चोखानी इन्टरप्राइजेको मुख्य प्रायोजन र टुह्म्प कम्यूनिकेशन र गोकर्ण गल्फ क्लबको आयोजनामा भएको नेसक्याफे गोल्ड ओपन गल्फ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि ध्रुव थापाले जितेका छन्।
८ ह्यान्डीक्याप बोकेर खेलेका ध्रुवले कुल ४० स्टेबलफर्ड अंक जोड्दै उपाधि जितेका हुन्। दुई खेलाडी ३९ अंकमा रहेको अवस्थामा सोनाम घलेले काउन्ट ब्याकमा प्रकाश गुरुङलाई पछि पार्दै दोश्रो स्थान हासिल गरे। सोनामले ब्याक नाइनमा २० अंक जोडेका थिए भने प्रकाशले १९ अंक ल्याएका थिए।
२५ ग्रस पोइन्ट जोडेका टासी छिरिङले बेस्ट ग्रस पोइन्ट्ससँगै सबैभन्दा धेरै बर्डी प्रहार गर्ने उपाधि पनि हात पारे। उनले प्रतियोगिताकै उच्च ५ बर्डी प्रहार गरेका थिए।
महिलातर्फको उपाधि रेखा घिमिरेले जितिन भने प्रतिमा शेर्पा दोश्रो भइन। रेखाले ३३ अंक जोड्दा दोश्रो भएकी प्रतिमाले २७ अंक ल्याइन। सिनियरतर्फको उपाधि दमन बहादुर घलेको नाममा रह्यो। उनले समान ३१ अंक बनाएका टि.जी. श्रेष्ठलाई काउन्ट ब्याकमा पराजित गरे।
जुनियरको उपाधि ३४ अंक जोडेका तनुष संघाईले जिते भने दोश्रो स्थानमा १ अंक कम लयका देवंश अग्रवाल रहे। लंगेष्ट ड्राइभको उपाधि विजय श्रेष्ठ एंहसले हात पर्दा क्लोजेस्ट टु द पिन अवार्ड गोकर्ण गल्फ क्लबका अध्यक्ष सुह्रिद घिमिरेको नाममा रह्यो।
९९ खेलाडीको सहभागिता रहेको प्रतियोगिता स्टेबल फर्म्याटमा ३/४ ह्याण्डीक्यापमा खेलिएको थियो। नेस्क्याफे गोल्डका व्यावसयिक म्यानेजर वारिंद्र सेवक, दक्षिण कोरियाली राजदुत पार्क यो सिक, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुह्रिद घिमिरे, कप्तान जोसेफ नाथन र चोखानी इन्टरप्राइजेजका संजय चोखानी लगायतले पुरस्कार वितरण गरेका थिए।
March 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]