default_image

8 years ago

May 18, 2017

दोश्रो नेसक्याफे गोल्ड ओपन गल्फ हुने

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चोखानी इन्टरप्राइजेको मुख्य प्रायोजन र टुह्म्प कम्यूनिकेशन र गोकर्ण गल्फ क्लबको आयोजनामा नेसक्याफे गोल्ड ओपन गल्फ प्रतियोगिताको दोस्रो संस्करणको हुने भएको छ।


नेपाल र भारतको गरेर १ सय बढी गल्फरहरुको सहभागिता रहने यस प्रतियोगितामा एमेच्योर गल्फरहरुको मात्र सहभागिता रहने आयोजकले बुधबार पत्रकार सम्मेलनबाट जानकारी गराएको हो ।

१८ होल स्टेबल फर्म्याट ३/४ ह्याण्डीक्यापमा हुने प्रतियोगितामा महिला, पुरुष, सिनियर (६० बर्षमाथि) र जुनियर (१७ बर्षमुनि) विधामा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा भारतबाट ५ एमेच्योर खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा विभिन्न देशका राजदुत हरुले पनि सहभागिता जनाउने आयोजकले जानकरी दिएका छन्।

गत बर्ष भएको प्रतियोगिताको पहिलो संस्करणमा उल्लेखनीय सहभागिता भएपछि दोस्रो पटक प्रतियोगिता आयोजना गर्न प्रोत्साहित भएको चोखानी इन्टरप्राइजेका प्रोप्राइटर संजय चोखानीले बताए ।

यस्तै टुह्म्प कम्यूनिकेशनका सिईओ पुलक चक्रवर्तीले दोस्रो पटक प्रतियोगिता आयोजना गर्न पाउदा खुशी लागेको बताए । उनले नेपालमा गल्फलाई माया गर्नेहरुले गर्दा यस्तो प्रतियोगिता आयोजना गर्न थप हौसला मिलेको जानकारी दिए।

प्रतियोगिताको पुरुष,महिला, सिनियर, जुनियरको बिजेता र उपविजेता तथा बेष्ट ग्रस, लंगेस्ट ड्राइभ, क्लोजेस्ट टु दि पिन र मस्ट बर्डिजलाई पुरस्कृत गरिने छ । प्रतियोगिताको विजेताले पाउने पुरस्कार भने प्रतियोगिताकै दिन मात्र खुलासा गरिने प्रतियोगिता संयोजक तथा गोकर्ण गल्फ रिसर्टका दिपक आचार्यले जानकारी दिए।

March 24, 2025

दिल्ली र लखनउ खेल्दै, राहुल र ऋषभको चर्चा

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

March 24, 2025

जर्मनी पहिलो पटक सेमिफाइनलमा

एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]

Success

Thank you for your time.