default_image

8 years ago

May 11, 2017

शिवरामलाई गल्फको उपाधि

128 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठले सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत भएको सातौं इभेन्ट, सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्

गोकर्ण गल्फ क्लबमा खेलिएको अन्तिम दिनमा शिवरामले अघिल्ला दिनझै १ अन्डर ७१को स्कोर बनाउँदै उपाधि हात पारेका हुन्। ४ दिने प्रतियोगिताको चारै दिन उनले सोहि स्कोर बनाउँदै समग्रमा ४ अन्डर २८४को स्कोर बनाएका थिए। श्रेष्ठले उपाधिसहित रु. १ लाख १० हजारको चेक प्राप्त गरे। शिवरामको करियरको यो ३५औं उपाधि हो।

दोश्रो स्थानमा रहेका सुर्य प्रसाद शर्माले आजको खेलमा २ ओभर ७४को स्कोर बनाउँदै समग्रमा १ ओभर २८९ बनाए।  उनले रु ७० हजार प्राप्त गरे भने तेश्रो स्थानमा रहेका संजय लामाले रु. ५० हजार जिते। समग्रमा २ ओभर २९० स्कोर जोडेका संजयले दिनको खेलमा २ ओभर ७४ बनाएका थिए।

चौथो स्थानमा ४ ओभर २८९ बनाएका रामे मगर र भुवन नगरकोटीले समान ३७ हजार ५ सय रुपैंया हात पारे भने छैठौं स्थानमा रहेका राजेन्द्र थापा मगरले ३० हजार रुपैंया जिते। सातौं स्थानमा रहेका जयराम श्रेष्ठ र रबि खड्काले २६ हजार जित्दा नवौं स्थानमा रहेका पशुपति शर्माले २३ हजार पाए। दशौँ स्थानमा रहेका आर्मी क्लबका व्यावसायिक गल्फर धन थापाले २१ हजार जिते। एमेच्योर तर्फको उपाधि टंक बहादुर कार्कीले जिते भने दोश्रो स्थानमा तेन्जिङ छिरिङ रहे

कुल ४० खेलाडी सहभागी प्रतियोगितामा ३३ व्यवसायिक र ७ एमेच्योर खेलाडी रहेका थिए प्रतियोगिताको कुल पुअस्कर राशी ६ लाख रुपैंया रहेको थियो। सुर्य नेपाल प्रा.लि. अन्तर्गत सेल्स एण्ड मार्केटिङका उपाध्यक्ष दिप्रा लाहिरी र नेपाल गल्फ संघका अध्यक्ष टाशी घलेले पुरस्कार वितरण गरेका थिए।

March 24, 2025

दिल्ली र लखनउ खेल्दै, राहुल र ऋषभको चर्चा

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

March 24, 2025

जर्मनी पहिलो पटक सेमिफाइनलमा

एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]

Success

Thank you for your time.