8 years ago
May 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी सुर्य नेपाल एनपीजीए टुर च्याम्पीयनसिप अन्तर्गतको तेश्रो दिनको खेल समाप्त हुँदा व्यवसायिक गल्फर शिवराम श्रेष्ठ शीर्षस्थानमा उक्लिएका छन्।
शिवराम श्रेष्ठ
गोकर्ण गल्फ क्लबमा भइरहेको प्रतियोगिताको लगातार तेश्रो दिन १ अन्डर ७१को स्कोर बनाएका शिवराम समग्रमा ३ अन्डर २१३ स्कोर लिएर शीर्षस्थानमा उक्लिएका हुन्। अघिल्लो दिन शीर्षस्थानमा रहेका सुर्य प्रसाद शर्माले निकै खराब प्रदर्शन गरेपछि नेपाल नम्बर १ शिवराम तालिकाको शीर्ष स्थानमा पुगेका हुन्। शर्माले ६ ओभर ७८को स्कोर बनाएपछि समग्रमा १ अन्डर २१५को स्कोर लिएर दोश्रो स्थानमा झरेका हुन्।
संजय लामा १ ओभर ७३को स्कोर बनाएर समग्रमा इभन पर २१६को स्कोरसहित तेश्रो स्थानमा छन्। चौथो स्थानमा भने ३ ओभर २१९ लिएर रामे मगर र एम्च्योर गल्फर टंक कार्की रहेका छन्। छैठौं स्थानमा भुवन नगरकोटी ( ४ ओभर २२०), सातौंमा राजेन्द्र थापा मगर (५ ओभर २२१), आठौंमा रबि खड्का ( ६ ओभर २२२), नवौंमा एमेच्योर गल्फर (९ ओभर २२५) र दशौँमा जयराम श्रेष्ठ (१० ओभर २२६) रहेका छन्।
प्रतियोगिताको अन्तिम दिन २१ व्यवसायिक र ६ एमेच्योर गल्फरहरुले प्रतिस्पर्धा गर्नेछन्। सुर्य नेपालले प्रयोजन गरेको यस प्रतियोगितामा ३३ व्यवसायिक र ७ एमेच्योर गरेर कुल ४० खेलाडीले भाग लिएका थिए।
सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गतको यस सातौं इभेन्टको कुल नगद पुरस्कार ६ लाख रुपैयाँ रहेको छ। विजयी खेलाडीले नगद रु. १,१०,००० पाउनेछन् भने उप-विजेताले नगद रु. ७०,००० हात पार्नेछन। तेश्री स्थानका गल्फरले रु. ५०,००० जित्दा शीर्ष २१ स्थान कब्जा गर्ने गल्फरहरुले नगद पुरस्कार जित्नेछन्।
March 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]