8 years ago
May 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल एनपीजीए टुर च्याम्पीयनसिप अन्तर्गत दोश्रो चरणको खेल समाप्त हुँदा सुर्य प्रसाद शर्मा समग्रमा ७ अन्डर १ सय ३७को स्कोर सहित शीर्षस्थानमा कायम रहेका छन्।
दोश्रो स्थानमा रहेका शिवराम श्रेष्ठ
राजधानीको पार-७२ गोकर्ण गल्फ क्लबमा मंगलबार भएको खेलमा सुर्यले १ अन्डर ७१को स्कोर बनाए। टुरको पहिलो दिन सोमबार उनले ६ अन्डर ६६को स्कोर बनाएका थिए। नेपाल नम्बर १ शिवराम श्रेष्ठ २ अन्डर १ सय ४२ स्कोर लिएर दोश्रो स्थानमा रहेका छन्। श्रेष्ठले दुवै दिनमा १ अन्डर ७१को स्कोर बनाएका थिए।
संजय लामा हिजो खेलेको १ अन्डर ७१ स्कोरमा आजको इभन पार ७२ खेल्दै समग्रमा १ अन्डर १ सय ४३ लिएर तेश्रो स्थानमा रहेका छन्। पहिलो दिन १ अन्डर ७१ खेलेका रामे थापाले आज १ ओभर ७३ खेल्दै इभन पार १ सय ४४ लिदैं चौथो स्थान ओगटेका छन्। एम्च्योर टंक बहादुर कार्कीले अघिल्लो दिनको ४ ओभर ७६को स्कोरलाई सुधार्दै १ अन्डर ७१ खेलेर समग्रमा ३ ओभर १ सय ४७ खेल्दै पाँचौ स्थानमा उभिएका छन्
आजको खेलमा भुवन नगरकोटीले ३ ओभर ७५ र रबि खड्काले १ ओभर ७३ जोड्दै समग्रमा ४ ओभर १ सय ४८ लिंदै छैठौं स्थानमा रहे। राजेन्द्र थापा मगर ३ ओभर ७५ जोड्दै कुल ५ ओभर १ सय ४९ लिएर आठौँ स्थानमा बसेका छन्।
१६ ओभर १६० भन्दा माथि स्कोर रहेका गल्फरहरु अर्को चरणमा प्रवेश गर्ने प्रावधान रहेको प्रतियोगितामा २१ व्यवसायिक र ६ एमेच्योर गल्फरहरु छनोट भएका छन्। सुर्य नेपालले प्रयोजन गरेको यस प्रतियोगितामा ३३ व्यवसायिक र ७ एमेच्योर गरेर कुल ४० खेलाडीले भाग लिएका थिए।
सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गतको यस सातौं इभेन्टको कुल नगद पुरस्कार ६ लाख रुपैयाँ रहेको छ। विजयी खेलाडीले नगद रु. १,१०,००० पाउनेछन् भने उप-विजेताले नगद रु. ७०,००० हात पार्नेछन। तेश्री स्थानका गल्फरले रु. ५०,००० जित्दा शीर्ष २१ स्थान कब्जा गर्ने गल्फरहरुले नगद पुरस्कार जित्नेछन्।
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ बिहीवार के वान युथ लिगमा रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा दोस्रो भएकी उनीसँगै गएकी अफिसियल सविना श्रेष्ठले जानकारी दिइन् । एरिका फाइनलमा इरानी खेलाडीसँग ९-१ ले पराजित भएकी थिइन्। त्यसअघि पहिलो खेलमा भारतीय खेलाडीलाई ८-० ले, […]
February 20, 2025
एजेन्सी – शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको हो। २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो। १ सय ४४ रन जोड्दा चौथो विकेट […]
February 20, 2025
नुवाकोट ( हाम्रो खेलकुद)- भारतका आशुतोष कुमारले प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अंक जोड्दै बुकोल्ज्स् नियमका आधारमा पहिलो र दोश्रो स्थान प्राप्त गरेका छन्। बिहीवार अन्तिम चरणमा आशुतोषले नेपालका सिएम शुश्रुत दहाल संग […]