8 years ago
May 2, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत सोमबार राती भएको खेलमा लिभरपुलले वाटफर्डलाई १-०ले पराजित गरेको छ। वाटफर्डको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको इन्ज्युरी समयमा भएको गोल निर्णायक सावित भएको थियो।
लुकास लेभियाको पासमा एम्रे च्यानले उकृष्ट एक्रोब्याटिक गोल गरेपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो। जितसंगै लिभरपुलको ३५ खेलमा ६९ अंक भएको छ।
३४ खेलमा ६६ अंक बोकेको म्यानचेस्टर सिटि चौथो स्थानमा रहेर लिभरपुललाई पछ्याइरहेको छ। म्यानचेस्टर युनाईटेड ३४ खेलमा ६० अंक लिएर पाँचौ र आर्सनल ३३ खेलमा ६० अंक जोड्दै छैठौं स्थानमा छ।
लिगको शीर्षस्थानमा ३४ खेलमा ८१ अंक जोडेको चेल्सी छ भने ४ अंक कम रहेको टोटेनहम दोश्रो स्थानमा छ।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]