default_image

8 years ago

April 28, 2017

तेक्वान्दोका पदक विजेता खेलाडीलाई एनआरएन जापानको सम्मान

108 views

0 Bookmark

संगिता कुवँर
टोकियो – जापानमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जितेका नेपाली खेलाडीको सम्मानमा गैर आवासिय नेपाली संघ (एनआरएन) जापानले हिजो कार्यक्रम आयोजना गरेको थियो । जापानमा रहेका नेपाली आवद्ध संघ संस्थाले खेलाडीलाई आर्थिक सहयोग गरेका छन् ।

एनआरएन जापानले, एनआरएनका केन्द्रिय उपाध्यक्ष भबन भट्ट, अन्तराष्ट्रिय नेपाली समाज जापान, तमुधि जापान, कास्की पोखरा समाज, ओनो जापान, मनाङ सोसाइटी र कार्यक्रममा अन्य सहभागीले खेलाडीहरुलाई आर्थिक सहयोग गरेका थिए ।

जापानका लागी नेपालका कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्यालको प्रमुख अतिथि रहेको कार्यक्रममा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) का अध्यक्ष एवंम् प्रशिक्षक अशोक खड्काले तेक्वान्दो खेलमार्फत नेपाली खेलाडीले अन्तर्राष्ट्रिय जगतमा देशको इज्जत बढाएको बताए । तर, नेपालले सोचे अनुरुप भौतिक पूर्वाधार विकास गर्न नसकेकोमा भने चिन्ता व्यक्त गरे ।

एनआरएनए जापानका अध्यक्ष सुदन थापाको अध्यक्षता सम्पन्न कार्यक्रम महासचिव अनुज थापाले सञ्चालन गरेको कार्यक्रमको संयोजक बुद्धि घिमिरेले जानकारी दिए ।

यसै साता जापानको ओसाका मा सम्पन्न १५ औं जापान ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र २ कास्य पदक जितेको थियो । प्रजुन कुइकेल र विवेक श्रेष्ठले स्वर्ण पदक जितेका थिए । १० बर्षे प्रजुन केसीले २५ केजी तौल समूहको फाइनलमा काजकिस्तानका खेलाडीलाई हराएका थिए ।

त्यस्तै १० बर्षे विवकेले २९ केजी तौल समूहको फाइनलमा मकाउका खेलाडीलाई हराएको प्रशिक्षक अशोक खड्काले जानकारी दिएका थिए । त्यस्तै तिलक लामाले रजत, विवेकले पुम्सेमा कास्य, प्रगती कुइकेलले कास्य पदक जितेकी थिइन् ।

तिलक ७४ केजी मुनिको तौल समूहको फाइनलमा हङकङका खेलाडीसँग पराजित भएका थिए । प्रगती मलेसियाकी खेलाडीलाई हराउँदै सेमिफाइनल पुग्न सफल भइन् । तर, उनी सेमिफाइनलमा जापानकी खेलाडीसँग पराजित हुँदै कास्य पदकमा सिमित भएकी थिइन् । आफ्नो तौल समूहमा स्वर्ण पदक समेत जितेका विवेक जुनियरतर्फको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

नेपाली टोलीका व्यवस्थापकमा युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङ रहेका थिए । जापान ओपनका अलग अलग इभेन्टमा झन्डै ५ सय खेलाडीको सहभागिता रहेको बताइएको छ ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.