8 years ago
April 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)- पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ नेपाल एपिएफ क्लब तेस्रो आरबीबी–एनभीए महिला तथा पुरुष क्लव लिग भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा सोमबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले लिगमा अपराजित रहेको एकमात्र टोली विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । यस्तै महिलातर्फ सोमबारै भएको खेलमा नेपाल एपिएफ क्लबले न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पार्यो ।
आर्मीले पुलिसमाथि सुरुवात देखि नै दवाव सिर्जना गरेको थियो । हरेक पोजिसनमा तालमेल मिलाएको आर्मीले पहिलो सेट २५–१८ ले जित्यो । दोस्रो सेट २५–१६ ले जितेको आर्मीले तेस्रो सेट जित्न भने निकै संघर्ष गनुपरेको थियो । तेस्रो सेटमा आर्मीविरुद्ध पुलिसले पहिलोपटक १२ औं स्कोरमा अग्रता लिएपनि जित निकाल्न सकेन । आर्मीले १४–१७ को अवस्थालाई उल्ट्याउदै तेस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो ।
जितपछि आर्मीका प्रशिक्षक जगदिश भट्टले विपक्षीको कमजोरीलाई हेरेर खेल्दा बलियो टोली पुलिसमाथि जित हात पार्न सफल भएको बताए । यस्तै प्रशिक्षक भट्टले खेलाडीहरुले हरेक पोजिसनमा उत्कृष्ट खेल पस्किएको र पुलिसको मुख्य खेलाडीलाई रोक्न सक्दा सहज जित हात पार्न सफल भएको बताए । यस्तै नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक सरोज श्रेष्ठले लिग च्याम्पियन टोलीले फेरि फाइनल खेल्नुपर्दा खेलाडीमा आत्मविश्वासको कमीले खेल्न नसक्दा पराजित हुन परेको प्रतिक्रिया दिए । ‘हामीले लिगभरि उत्कृष्ट प्रदर्शन ग¥यौ । नेपाली भलिबलमा लिग च्याम्पियनले फाइनल खेल्नुपर्ने नयाँ नियम आएको रहेछ ।’ प्रशिक्षक श्रेष्ठले भने, ‘नयाँ नियमले खेलाडीको मोरल डाउन भयो र हार स्वीकार्न बाध्य बन्यो ।’ यस्तै प्रशिक्षक श्रेष्ठले रिसिभमा समस्या आउदा अट्याक हुन नसकेको र आर्मीका लिब्रोले उत्कृष्ट प्रदर्शन गर्दा हार भोग्नु परेको पनि बताए ।
यस्तै महिलातर्फ एपिएफले न्यु डायमण्डमाथि २६–२४, २५–१५ र २५–२३ को सहज जित निकाल्दै महिलातर्फ च्याम्पियन बन्यो । दुवै विजेता आर्मी र एपिएफले समान दुई–दुई लाख प्राप्त गरे । यस्तै दोस्रो भएको नेपाल पुलिस र न्यु डायमण्डले एक–एक लाख प्राप्त गरे । तेस्रो भएको हेल्प नेपाल र नेपाल पुलिसले ५०–५० हजार तथा चौथो भएको नेपाल एपिएफ र पश्चिमाञ्चल टप्सले २५–२५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको पुरुषतर्फ आर्मीका धनबहादुर भट्ट र महिलातर्फ नेपाल एपिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भईन् । उनीहरुले समान १५–१५ हजार प्राप्त गरे । यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लबका इम राना मगर सेटर, आर्मीका इश्वर थापा डिफेन्स, पुलिसका कुल बहादुर थापा स्पाइकर, आर्मीका मान बहादुर श्रेष्ठ सर्भर, हेल्प नेपालका सञ्जुविक्रम शाह ब्लकर र आर्मीका जगदिश भट्ट उत्कृष्ट प्रशिक्षक चुनिए । महिलातर्फ पश्चिमाञ्चल टप्सकी अरुणा शाही सर्भर, एपिएफकी उष विष्ट ब्लकर, न्यु डायमण्डकी प्रतिभा माली स्पाइकर, पुलिसकी कमला पुन डिफेन्स, आर्मीकी जानकी भण्डारी सेटर र एपिएफका प्रकाश थपलिया उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान ५–५ हजार प्राप्त गरे । दुवै विधाका विजेतालाई युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपाइली, राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरण कुमार श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा लगायतले पुरस्कृत गरे ।
चैत २९ गतेबाट शुरु भएको लिग च्याम्पियनसिपमा पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो ।
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]