8 years ago
April 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विवादित खेलमा हेल्प नेपाललाई हराउँदै त्रिभुवन आर्मी क्लब राजधानीमा जारी तेस्रो आरबिबी–एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा आइतबार भएको निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीले साविक विजेता हेल्प नेपाल स्पोर्टस क्लबलाई ३–२ ले हराएको थियो । आर्मी २५–२३, १९–२५, २५–२१, २०–२५ र १७–१५ ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।
आर्मीले पाधिको लागि सोमबार अर्को विभागीय नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पुलिस लिगमा अपराजित एक्लो टिम हो । २–२ सेटको बराबरीपछि अन्तिम सेटमा विवाद भएपछि हेल्प नेपालले केही समय खेल बहिस्कार गरेको थियो ।
निर्णायक सेटको खेलमा आर्मीले १२–१० ले अग्रता बनाइरहेको अवस्थामा मुख्य रेफ्री कपिल जिसीले आफ्नो विरुद्ध निर्णय दिएको भन्दै हेल्प नेपालले खेल बहिस्कार गरेको थियो । हेल्प नेपालका खेलाडीको स्पाइक आर्मीका खेलाडीलाई टच भएको बललाई आउट दिएपछि विवाद सिर्जना भएको थियो । विवाद मिलेपछि पुनः खेल सुरु भएपछि आर्मी १७–१५ विजयी हुँदै फाइनल पुगेको हो ।
खेलको सुरुआतबाट प्रतिस्पर्धात्मक बनेको थियो । आर्मीले हेल्प नेपाललाई १८–२२ को स्थितिमा रोक्दै पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट भने हेल्प नेपालले २५–१९ ले जित्दै खेलमा फर्कने संकेत दियो । तर, तेस्रो सेट पुन आर्मीले २५–२१ ले जित्यो । चौथो सेट हेल्प नेपालले २०–२५ ले आफ्नो पक्षमा पारेपछि खेल थप रोमाञ्चक बनेको थियो ।
लिग च्याम्पियनसिपको महिलातर्फको खेलमा भने न्यु डायमण्ड र नेपाल एपिएफबीच प्रतिस्पर्धा हुनेछ । लिगमा पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, पश्चिमाञ्चल भलिबल संघ, ढोरपाटन स्पोटर्स क्लव, जावलाखेल भलिबल तालिम केन्द्र र बुटबलको मणिमुकुन्द भलिबल क्लवले प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ न्यु डायमन्ड क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, वेस्टर्न टप्स र जावलाखेल स्पोर्टस क्लबको सहभागिता रहेको छ । लिगको दुवै तर्फको विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार र चौथो स्थान हासिल गर्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछ । विधागत उत्कृष्टतातर्फ उत्कृष्ट लिब्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]