default_image

8 years ago

April 15, 2017

एसियाली पदक विजेता मनिताले विवाह गरिन्

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली पदक विजेता तेक्वान्दोकी मनिता शाही विवाह बन्धमा बाधिएकी छिन् । मनिताको शनिबार बिनेस खड्गीसँग विवाह भएको थियो । झन्डै दुई बर्ष अमेरिका बसाईपछि मनिता केही साता अघि स्वदेश फर्केकी थिइन् ।

अमेरिका जानुअघि मनिताले दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण र रजत जितेकी थिइन् । सविता राजभण्डारी, संगीना वैद्य जस्ता सफल खेलाडीको पुस्तापछि मनिता र आयशा शाक्य तेक्वान्दोका सफल महिला खेलाडी हुन् ।

मनिता र आयशा दुवैले सन् २००६ को बुसान एसियाडमा अर्का चर्चित खेलाडी दीपक विष्टसँगै कांस्य पदक जितेका थिए। त्यही वर्ष सागमा स्वर्ण जितेकी मनिताले साग (सन् २०११) मा रजत जितेकी थिइन् ।

२०५४ सालमा तेक्वान्दोमा प्रवेश गरेकी मनिता झन्डै डेढ वर्ष खेलबाट हराएकी थिइन् । २०५७ मा पुनः तेक्वान्दोमा फर्केपछि उनी निरन्तर खेलाडीका रूपमा सक्रिय थिइन् । ११ वर्षअघि पुलिससँग आबद्ध रहँदा उनी तेक्वान्दोको राष्ट्रिय टोली थिइन् ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

Success

Thank you for your time.