default_image

8 years ago

April 14, 2017

रोयल नेपाल गल्फ क्लबको सय बर्ष पुरा

181 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) को स्थापनाको १ सय वर्ष पुरा भएको छ । आरएनजिसीले शुक्रबार गल्फ क्लबमै एक कार्यक्रम गर्दै क्लबको एक सयौ वर्ष मनाएको छ । सो अवसरमा नेपाल गल्फ फाउन्डेसनले आरएनजीसी गल्फ क्लबका उत्पादन प्रतिमा शेर्पालाई गल्फको सेट तथा टाइगर वुडले पठाएको प्रशंशा पत्र प्रदान गरिएको थियो ।

सोही अवसरमा क्लबले दुईदिने एमेचयोर रुस्लान गल्फ प्रतियोगिताको आयोजना समेत गरेको छ । प्रतियोगिता शनिबार सम्म चल्नेछ ।एयरपोर्टमा अवस्थित आरएनजिसी गल्फ क्लब वि.स. १९१७ मा गौचरन गल्फ क्लबको रुपमा स्थापित भएको थियो । सुरुवाती चरणमा ३६ होल रहेको गल्फ विभिन्न चार फेजमा टुक्रिदै अहिले ९ होलमा छ । आरएनजीसिका पूर्व म्यानेजर शम्भु आचार्यले राजा चन्द्र शम्शेरको पालामा गल्फ क्लबको स्थापना भएको जानकारी गराए ।

विभिन्न राजनैतिक खिचातानीले क्लब बन्द हुने खुल्ने क्रमले गल्फ क्लब अहिलेको अवस्थासम्म आइपुगेको बताए । वि.स. १९७९ मा पहिलोपटक गल्फ क्लबको सदस्य बनेका आचार्यले आफ्नै पालादेखि सर्वसाधारणहरुको गल्फ क्लबमा प्रवेश भएको पनि बताए । ‘क्लबको म्यानेजर भइसकेपछि १९८२÷८३ मा कोर्षको स्थापना गरे ।

त्यतिबेलासम्म धनाढ्य वर्गले मात्रै खेल्ने खेलको रुपमा हेरिएको गल्फमा सर्वसाधरणहरु पनि आकर्षित हुन थाले ।’ म्यानेजर श्रेष्ठले भने, ‘विशेषगरी बल टिप्ने, क्याडी गर्ने र देखासिकीको आधारमा लोकल गल्फरहरु बढे । यसरी गल्फरहरु बढ्नु खुशीको कुरा हो ।’ यस्तै उनले आरएनजीसी गल्फ क्लबको स्थापना नभएको भए छोरा दीपक आचार्य गल्फको प्रोफेसनल खेलाडी नहुने समेत बताए ।

February 20, 2025

एरिकालाई के वान युथ लिगमा रजत पदक

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ बिहीवार के वान युथ लिगमा रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा दोस्रो भएकी उनीसँगै गएकी अफिसियल सविना श्रेष्ठले‌ जानकारी दिइन् । एरिका फाइनलमा इरानी खेलाडीसँग ९-१ ले पराजित भएकी थिइन्। त्यसअघि पहिलो खेलमा भारतीय खेलाडीलाई ८-० ले, […]

February 20, 2025

गिलको शतकमा भारतको विजयी सुरुवात

एजेन्सी – शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको‌ हो। २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो। १ सय ४४ रन जोड्दा चौथो विकेट […]

February 20, 2025

भारतका आशुतोषलाई विदुर मेयर कप चेस उपाधि

नुवाकोट ( हाम्रो खेलकुद)- भारतका आशुतोष कुमारले प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।  नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको‌ प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अंक जोड्दै बुकोल्ज्स् नियमका आधारमा पहिलो र दोश्रो स्थान प्राप्त गरेका छन्।  बिहीवार अन्तिम चरणमा आशुतोषले नेपालका सिएम शुश्रुत दहाल संग […]

Success

Thank you for your time.