default_image

8 years ago

April 9, 2017

क्लब लिग भलिबलमा प्रतिष्ठानको सहयोग

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले मंगलबारदेखि सुरु हुन तेस्रो अरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको विजेता पुरस्कार प्रायोजन गरेको छ ।

आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठानकी संरक्षक गमली खड्काले प्रथम पुरस्कारवापतको २ लाख रुपैयाँको चेक नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दलाई हस्तान्तरण गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष एवं पूर्व राष्ट्रिय भलिबल खेलाडी रञ्जन खड्काले पछिल्लो समय लोकप्रिय बनेको भलिबललाई उचाईमा पु¥याउन र खेलाडीको प्रोत्साहनका लागि पुरस्कार प्रायोजन गरेको बताए ।

संघका अध्यक्ष शर्माले खड्का परिवारले थालेको अभियानको प्रशंसा गरे । यस्तै संघका महासचिव जितेन्द्रबहादुर चन्दले प्रतिष्ठानले भलिबललाई गरेको सहयोग अतुलनीय रहेको बताए ।

वि.सं २०७० साल असोज ६ गते स्थापना भएको प्रतिष्ठानले सामाजिक क्रियाकलापका साथै खेलकुदका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानले हरेक बर्ष शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्नुका साथै खेलाडी प्रोत्साहनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, पश्चिमाञ्चल भलिबल संघ, ढोरपाटन स्पोटर्स क्लव, जाउलाखेल भलिबल तालिम केन्द्र र बुटबलको मणिमुकुन्द भलिबल क्लवले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी महिलातर्फ न्यु डायमन्ड क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, वेस्टर्न टप्स र जाउलाखेल स्पोर्टस क्लबले सहभागिता जनाउने छन् । लिगको दुवै तर्फका विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

March 21, 2025

जिलेस्पीको गोलमा नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले‌ सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]

Success

Thank you for your time.