8 years ago
April 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब प्रथम महिला अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन बनेको छ । ६ स्वर्ण, २ रजत र १ कास्य पदकका साथ आर्मी च्याम्पियन बनेको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) को कभर्डहलमा बिहिबार सम्पन्न प्रतियोगितामा २ स्वर्ण र २ रजत पदकका साथ नेपाल एपिएफ क्लब दोस्रो बनेको छ । १ स्वर्ण, २ रजत र २ कास्य पदकका साथ पूर्वाञ्चल तेस्रो बनेको छ ।
टिमपुम्से विधामा आर्मीले स्वर्ण,मध्यमाञ्चलले रजत तथा एपिएफ र पूर्वाञ्चलले कास्य जिते । एकल पुम्सेतर्फ सुदुरपश्चिमाञ्चलकी रीता श्रेष्ठले स्र्वण,सुदुरपश्चिमाञ्चलकी निता गुरुङ रजत तथा मध्यमाञ्चलकी नमिता मोक्तान र भारतकी मुक्ता गुप्ताले कास्य जितिन् ।
सिनियर फाइटको ६७ केजी तौल समूहमा आर्मीकी नम्रता तुलाधरले स्वर्ण, मध्यपश्चिमाञ्चलकी कमला नेपालीले रजत तथा सुदुरपश्चिमकी आकृती कार्की र पश्चिमाञ्चलकी ममता गर्बुजाले कास्य पदक जिते ।
६२ केजी तौल समूहमा पूर्वाचलकी सन्ध्या सिहंले स्वर्ण, आर्मीकी मुस्कान कार्की रजत तथा मध्य पश्चिमाञ्चकली मिना पुन र पश्चिमाञ्चलकी अनिसा केसीले कास्य जितीन् । त्यस्तै ५७ केजी तौल समूहमा आर्मीकी रेश्मा थापाले स्वर्ण,पूर्वाञ्चलकी सिना मादेन रजत तथा मध्यमाञ्चलकी अस्मिता पुन र भारतकी आक्रिन मदेरले कास्य हात प्राप्त गरे ।
५३ केजी तौलसमूहमा भारतकी सिवानी ठाकुरले स्वर्ण,नेपालकी कल्पना चौधरीले रजत पदक हात पारिन् । पूर्वाञ्चलकी सुनीता तामाङ र सुदुरपश्चिमाञ्चलकी पार्वती भण्डारीले कास्य पदक प्राप्त गरे । ४४ केजी तौल समूहमा आर्मीकी योगमाया श्रेष्ठले स्वर्ण, पूर्वाञ्चलकी सुसीला बुढाथोकी रजत तथा मध्यमाञ्चलकी बीना गुरुङ र सुदुरपश्चिमाञ्चलक चन्दा घर्तीमगरले कास्य जिते ।
४२ केजीमा एपिएफकी दक्षिणा ठकुरीले स्वर्ण, आर्मीकी सिना श्रेष्ठ रजत तथा पश्चिमाञ्चलकी पुजा तुराहा र मध्यमाञ्चलकी नमुना श्रेष्ठले कास्य जितिन् । दुई दिने प्रतियोगितामा फाइटतर्फ भारतकी शारदा दिक्षित र पुम्सेतर्फ आर्मीको टिम बेस्ट बेस्ट प्लेयर चुनिए । शारदा र आर्मी टोलीले समान ५१ हजार रुपैयाँ प्राप्त गरे ।
४६ केजीमुनि आर्मीकी काजल श्रेष्ठले स्वर्ण,भारतकी कृतिका ठाकुरले रजत तथा ४९ केजीमा एपीएफकी अस्मीता खड्काले स्वर्ण र भारतकी शारदा दिक्षितले रजत जितीन् ।
नेपाल तेक्वान्दो सङ्घको महिला सशक्तिकरण समितिको आयोजनामा गरेको दुई दिने उक्त प्रतियोगितामा भारत कोरिया र नेपालका तीन विभागिय टोलीसहित पाँच विकास क्षेत्रका महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताका विजेता खेलाडीलाई प्रमुख अतिथी टाईगर बुअरीका अध्यक्ष तेजेन्द्र खड्का,कार्यक्रम संयोजक नन्दा बस्याल,तेक्वान्दो संघका कोषाध्यक्ष केन्द्रीयसदस्यत्रय नविन श्रेष्ठ,बद्री घिमिरे र नोर्बु लामा लगायतले पुरस्कृत गरे ।
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
सुमन अधिकारी, बुटवल सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। नेपाल पुलिस क्लबललाई आज टाइब्रेकरमा ४-३ ले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो। बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्डकपको पहिलो खेलमा पराजित भएको छ । आईतवार भएको खेलमा लिग विजेता चर्च व्वाईजले पुलिसलाई […]