8 years ago
April 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – झन्डै एकदशक देखि चल्दै आएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद समाधान भन्दा पनि थप जटिल बन्दै जाने संकेत देखिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले गत साता पत्रमार्फत जीवनराम श्रेष्ठ अध्यक्ष र लामा टेन्डी शेर्पा महासचिव रहेको एनओसीलाई नै आफ्नो मान्यता रहेको प्रष्ट पारेपनि राष्ट्रिय मान्यता प्राप्त रुक्म शम्सेर राणा नेतृत्वको एनओसीले त्यसलाई अस्वीकार गरेको छ । उल्टो आफ्नो पक्षलाई पनि सम्बोधन गरेको भन्दै राणा पक्षले आइओसी र ओसिएले आफुहरुलाई मान्यता दिने विश्वास व्यक्त गरेको छ ।
राणा पक्षले मंगलबार सातदोबाटोस्थित एनओसी भवनमा पत्रकार सम्मेलन गर्दै पछिल्लो सात बर्षमा पहिलो भवनमा बस्न सफल भएकाले आउने दिनमा मान्यता पनि प्राप्त गर्ने दाबी गरेको छ । सर्वोच्च अदालतबाट २०६८ आफ्नो पक्षमा फैसला सुनाएदेखि नै त्यसको कार्यान्वयनमा सक्रिय रहेका राणा नेतृत्वको एनओसीका कार्यवहाक अध्यक्ष किशोरबहादुर सिंहले भने,‘हामी यो भवनमा आएर दैनिक कार्यसञ्चालन गर्छौ भन्ने कसले सोचेको थियो । तर हामी आज यहाँ आइपुगेका छौं । भविष्यमा आइओसी र ओसिएबाट पनि मान्यता पाउनेमा हामी विश्वस्त छौं ।’
राणा एनओसीका सदस्य विजेन्द्र हमालले सर्वोच्चको निर्णय मान्न आइओसी र ओसिए बाध्य हुने बताए । ‘हाम्रो देश कहिल्यै उपनिवेश रहेन ’ उनले भने, ‘ त्यसले हामी आइओसी र ओसिएको उपनिवेशन बन्दैनौं । सर्वोच्चको निर्णयमान्न आइओसी र ओसिए बाध्य हुनेछन् ।’
हमालले एनओसीको विषयलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले भलिबल बनाएको आरोप लगाए । ‘सात दिनमा विवाद समाधानका लागि मन्त्रीले सदस्य सचिवलाई पत्राचार गरे । सदस्य सचिवले केही विषय प्रष्ट पार्न भन्दै पुनः मन्त्रीलाई पत्र पठाए ’ उनले थपे, ‘मन्त्रीले जस्ताको तस्तै फेरी सदस्य सचिवलाई पठाएका छन् । हामी अनुरोध गर्न चाहन्छौं यसलाई भलिबल नबाइयोस् ।’
नेकपा एमालेको खेलकुद विभागको कार्यवहाक अध्यक्ष रुपमा कार्यक्रममा बोलेका पिताम्बर तिम्सिनाले खेलकुद पत्रकारलाई ओलम्पिक विवाद समाधानका लागि तेस्रो विकल्प सुझाउन आग्रह गरे । ‘ओलम्पिक विवाद पहिला देखिनै अलमल छ’ उनले भने, ‘यसको समाधानका लागि पत्रकारहरुबाट पनि धारणा आउस भन्ने चाहन्छौं । ’
आधिकारिकता विवादका कारण नेपालमा दुई वटा एनओसी अस्तित्वमा छन् । जीवनराम श्रेष्ठको नेतृत्वमा रहेका कमिटीलाई आईओसी तथा ओसिएको मान्यता प्राप्त र रुक्म शमशेर राणाको नेतृत्वमा रहेको कमिटीलाई राष्ट्रिय मान्यता छ ।
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को पूर्व अध्यक्ष गणेश थापाविरुद्ध छानविन गरि कारवाहीका लागि विभिन्न निकायमा पत्रचार गर्ने भएको । दुई दिन सम्म चलेर मंगलवार सकिएको एन्फाको कार्यसमितिको बैठक सो निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ। विज्ञप्तिमा भनिएको छ ‘फिफाबाट प्रतिबन्धित पूर्व अध्यक्ष गणेश थापा सम्बन्धि विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र […]
March 26, 2025
एजेन्सी – महिला ओडिआई विश्वकप २०२५ को फाइनल खेल पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ। ओडिआई महिला विश्वकप सेप्टेम्बर २९ देखि अक्टोबर २६ सम्म भारतमा आयोजना हुनेछ । विशाखापट्टनम, तिरुवनंतपुरम, रायपुर र इन्दौरमा विश्व कपका खेलहरु आयोजना हुनेछ । विशाखापट्टनमबाहेक अन्य कुनै पनि स्थानमा अहिलेसम्म महिला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको […]