default_image

8 years ago

April 4, 2017

थाइल्यान्डमा मुक्केवाज प्रेम र दिपक पराजित

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप किङ्स कपमा मंगलबार दुई नेपाली मुक्केवाज पहिलो राउन्डबाटै बाहिरएिका छन् । ५२ केजी तौल समूहमा प्रेम चौधरी उज्वेकिस्तानका मुक्केवाज लजिपोभ जासुरवेक अंकको आधारमा पराजित भए ।

boxing

त्यस्तै ६४ केजी तौल समूहमा दिपकश्रेष्ठ पनि मंगोलियाका मुक्केवाज बतासुकोभ हिन्जोरिङसँग अंकको आधारमा पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेलाई बताएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । ६९ केजीमा विष्णे घलले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीको प्रशिक्षकमा प्रविण तुलाधर र डम्बरदत्त भट्ट तथा सहायक प्रशिक्षकमा दीपक महर्जनले छन् । संघका अध्यक्ष राम अवालले नेतृत्व गरेको टोलीमा सदस्य प्रनिर अधिकारी व्यवस्थापक रहेका छन् ।

March 16, 2025

एनओसीमा पुन: तालाबन्दी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) मा फेरि तालाबन्दी गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तालाबन्दी गरेको हो । राखेप कार्यकारी समिति सदस्य कमल भट्टराई सहितको टोलीले सातदोबाटो स्थित एनओसी भवनमा तालाबन्दी गरेको बताइएको छ । तालाबन्दीसँग भवन परिसरमा प्रहरी तैनाथ छन् । एनओसी प्रवेशको लागि […]

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

Success

Thank you for your time.