8 years ago
April 3, 2017
ललितपुर (हाम्रो खेलकुद) – गोल्डेन गेट कलेजका हिमाल लामा, अर्थ बहुउेश्यीय सहकारीका फिडेमास्टर मनीष हमाल र श्रेयङकर साकोसका सुमित पन्त ललितपुरमा जारी कामना सहकारी कप चेस प्रतियोगितामा संयुक्त रुपमा अग्रस्थानमा रहेका छन् । प्रतियोगिता अन्र्तगत सोमबार दोश्रो तथा तेश्रो चरणको समाप्तीमा हिमाल, मनीष र सुमितको समान ३ अंक छ ।
हिमालले दोश्रो चरणमा तनहुँका सविनचन्द्र घिमिरे र अर्कोमा मखन चेस क्लबका पूर्व नेपाल च्याम्पियन पूण्यमान कर्माचार्यलाई हराए । पूर्व नेपाल च्याम्पियन मनीषले कुम्भिखादी साना किसान सहकारी सप्तरीका मनोज विक र मखनका फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठलाई हराए । सुमितले झापाका अनिश कुमार सुवेदी तथा नेशनल डेभलपमेन्टका सुदर्शन प्रधानलाई माथ दिए ।
नेकोस चेस एकेडेमीका मदनकृष्ण कायस्थ, गोल्डेनगेट कलेजका केशव श्रेष्ठ, करुणामय साकोसका बद्रीलाल नेपाली, डायनामीक चेस क्लबका भुपेन्द्र निरौला, काठमाण्डौका रिजेन्द्र राजभण्डारी, श्रमजीवी साकोस भक्तपुरका विकास कुलुजु, जनता साकोस ठेचोका क्यान्डिडेटमास्टर क्षितीज भण्डारी, मच्छिन्द्र क्लबका सुरवीर लामा, कामना साकोसका क्यान्डिडेटमास्टर सजिन महर्जन, संकटा साकोसका नविन तण्डुकार, नेशनल डेभलपमेन्टका दिर्घराज जोशी, मखन चेस क्लबका सुमन लामा तथा सारथी साकोस दोलखाका आशिष फुयालले समान २.५ अंक जोडेका छन् ।
तेश्रो चरणको पहिलो बोर्डमा क्यान्डिडेटमास्टरद्धय मदनकृष्ण र रिजेन्द्रले बराबरी खेले । त्यस्तै क्यान्डिडेटमास्टरद्धय भुपेन्द्र निरौला र केशव श्रेष्ठले अंक बाढे । मदनकृष्णले काठमाडौंका भगवतीप्रसाद शर्मा र केशवले श्रमजीवी साकोसका गणेशमान दुवाललाई हराए । त्यसैगरी रिजेन्द्रले अन्नपूणं माविका मोहम्मद अदनम अदिल तथा भुपेन्द्रले डायनामीक चेस एकेडेमीका विजय मगरमाथि जित हासिल गरे ।
पूर्व नेपाल च्याम्पियन बद्रीलालले दोश्रो चरणमा काठमाडौंका सुरज पण्डितलाई हराए । विकासले थापाथली चेस पार्कका सुशील चौधरीमाथि जित निकाले । दोश्रो चरणमा बाराका श्यामलाल दाससँग बराबरी खेलेका नविनले अर्को खेलमा थापाथलीका भरत धिमाललाई हराए । सुरवीर लामाले नेसनसल डेभलपमेन्टका राजेन्द्र श्रेष्ठ र सुमन लामाले ललितपुरका पेरिसा ताम्रकारलाई हराए ।
नेपाल टेलिकमका गोविन्द खड्का, मखन चेस क्लबका पूण्यमान कर्माचार्य तथा सुजेन्द्र, स्वागतम साकोसका रविन्द्र शाक्य, कामना साकोसका जर्नादन श्रेष्ठ, भगवतीप्रसार्द , श्रमजीवी साकोसका गणेशमान दुवाल, सादना साकोस झापाका राजन सुवेदी, तनहुँका सविन चन्द्र घिमिरे, राजेन्द तथा सुदर्शन प्रधानले समान २ अंक जोडेका छन् ।
त्यसैगरी नवसुलभ साकोसका अविरल राई, डायनामीक चेस एकेडेमीका विजय मगर, झापाका अनिश कुमार सुवेदी, अन्नपूर्ण माविका मोहम्मद अदनम अदिल, कन्काई साकोसका सुमन राई, काठमाण्डौका रमेश महर्जन, रुकुमका सरोज थापा, सर्लाहीका अनिल शाह तथा भक्तपुर साकोसका केशव मानन्धरले पनि समान २ अंक बटुलेका छन् ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ र ताम्रकार समाजको संयुक्त आयोजनामा जावलाखेल स्थित ताम्राकार समाज भवनमा जारी सिवानी एअर पाचौं कामना सहकारी चेस प्रतियोगिता अन्र्तगत मंगलबार चौथो तथा पाचौं चरणका खेल हुनेछन् ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]